विराटनगर ६३ सहित प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

 न्यूज विराट
विराटनगर ६३ सहित प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

विराटनगर, १६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३, इलाममा २, ताप्लेजुङ, तेहृथुम, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६३, सुन्दरहरैचामा ८, बेलबारीमा ५, लेटाङ र बुढीगंगामा ४–४, उर्लाबारीमा ३, कानेपोखरी, सुनबर्षी, पथरीशनिश्चरे र रतुवामाईमा २–२, झापाको दमकमा १५, कनकाईमा १०, अर्जुनधारा र भद्रपुरमा ६–६, विर्तामोड र मेचीनगरमा ४–४, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बा¥हदशीमा २, गौरादह र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २४, भोक्राहानरसिंहमा ४, हरिनगरमा ३, देवानगञ्ज र रामधुनीमा २–२, दुहवी, बर्जु, बराहक्षेत्र, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा ३, कटारीमा १, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वा, तेहृथुमको लालिगुराँस, धनकुटाको पाख्रिबास र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३६९ महिला र ३०९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार २ सय रहेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

सोमबार १५.६९ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, २४ माघ । साताको पहिलो कारोबारको दिन आइतबार ४० अंकभन्दा बढीले घटेको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २८५१.८६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले बढेर ५३५.३२...

विराटनगर आएर मिनेन्द्र रिजालले भने–जंगली माओवादीलाई हामीलेनै मुलधारको राजनीतिमा ल्याएका हौँ

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जंगलको माओवादीलाई मुलधारको राजनीतिमा आफ्नो पार्टीले ल्याएको दावी गरेका छन् । विराटनगरमा बुधबार नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलेनै माओवादीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा...

नेकपा सचिवालय बैठक विना निष्कर्श टुंगियो

काठमाडौं, १७ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठकमा पछिल्लो समय देखिएका विवादबारे छलफल भए पनि निर्णय हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । बैठकले...

कर्तब्य ज्यान मुद्दामा माफि पाएका अभियुक्तबाट मारिए उर्लाबारीका कुशल, थप दुई जना फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको हत्या आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । दाहालको हत्या आरोपमा मोरङ प्रहरीले उर्लाबारी– ५ का सुवास तामाङलाई बुधबार पक्राउ गरेको हो । पक्राउ...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं, २२ वैशाख-नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो...

नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडाैं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही २४ असार (बुधबार)सम्मका लागि स्थगित भएकाे छ। नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसअघि यही...

म्यानमारमा सेनाले चलायो प्रदर्शनकारीमाथि गोली, ६ जनाको मृत्यु

प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सु चीलाई नजरबन्द गरेपछि १ फेब्रुअरीयता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ...

विराटनगरमा ७ सहित प्रदेश १ मा ७४ संक्रमित थपिए

विराटनगर, १२ भदौ–प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४÷१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्