बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

 न्यूज विराट
बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई गठबन्धन गरेरै चुनावमा जाने भन्दै जेठभित्र स्थानीय तहको निर्वाचनमा सम्पन्न गर्ने सहमतिमा ल्याउनु भएका प्रधानमन्त्री देउवाले लगत्तै एमसीसीलाई निशर्त पारित गर्न सहयोग नगरे गठबन्धन टुटने घोषणा गर्नुभएको हो ।

चर्काे दवावपछि पाँच दलीय गठबन्धनले शनिवार संबिधानअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ ५ गतेभित्रै गर्नुपर्ने यथार्थ स्वीकार गरी जेठभित्रै निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिने निर्णय लिएको थियो । आफ्नो पार्टी पराजीत हुने त्रासका कारण चुनावमा जानै नहुने अडानमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धन गर्ने भनेर चुनावमा सहमति गराएको बैठक सकिन साथ जनमोर्चा बाहेकका गठबन्धनका नेतासँग प्रधानमन्त्री देउवाले एमसीसीबारे छलफल गर्नुभएको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले फेब्रूअरी १ सम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने बताएको भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बाध्यतामा आफू रहेको जनाई बटमलाइन सुनाउनु भएको हो । बालुवाटारस्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पास नभए गठबन्धन कायम नरहने घोषणा गर्नुभएको छ ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच चर्काचर्की नै परेको थियो । श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने भन्दै चर्किएपछि प्रधानमन्त्री देउवा निकै जंगिनुभएको थियो । ‘एमसीसी पारित गर्नैपर्ने बाध्यतामा म छु, अव यताउता होइन, संसदमा पेश हुन्छ, तपाईंहरुलाई मन लागे भोट हाल्नोस,’ बैठकमा प्रधानमन्त्रीको चेतावनी उधृत गर्दै कांग्रेसका एक नेताले भने ।

सम्बन्धित समाचार

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए...

उदयपुरमा क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

उदयपुर, १९ वैशाख-उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको १ युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका...

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण

विराटनगर । कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा...

सामान्य अवस्थामा पनि राजस्वको लक्ष्य पूरा हुन सक्दैन : विनोद चौधरी

काठमाडौं, १८ जेठ-कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरेको राजस्व सामान्य अवस्थामा पनि उठ्न नसक्ने दाबी गरेका छन् । आइतबार बजेटमाथिको छलफलमा चौधरीले चालू वर्षमा १० महिना पूर्ण रूपमा...

पूर्वमन्त्री पण्डितको पहलमा कोशी अस्पताललाई ४ वटा भेन्टिेलेटर प्रदान गरिँदै

विराटनगर, ३० असोज–प्रदेश १ मा भेन्टिलेटरको अभाव भइरहेका बेला पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा विराटनगरस्थित कोशी अस्पताललाई ४ वटा भेन्टिलेटर प्रदान गरिने भएको छ । पूर्वमन्त्री पण्डितको पहलमा ताईवानको ‘टिजुची...

आज काठमाडौंसहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ असार-काठमाडौंका सहित देशका विभिन्न स्थानमा आज ४२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ महिला र ३३८ पुरुष...

प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा,  १ मंसिर-संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच चैनपुर नगरपालिकाको मैदानेमा गोली हानहान भएको हो ।  सोमबार दिउँसो करिब ११ बजेतिर  प्रहरीको गस्ती टोलीमाथि...

युवा समाजसेवी राहुल भट्टराईद्वारा विद्यार्थीलाई ब्याग वितरण

विराटनगर । विराटनगरका युवा समाजसेवी राहुल भट्टराईले मोरङको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग वितरण गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्