विराट राजाको दरबार उत्खनन्

 न्यूज विराट
विराट राजाको दरबार उत्खनन्

विराटनगर, ८ माघ । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन् भइरहेको छ । पुरातत्त्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ ।

विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातत्त्व विभागबाट आएका अधिकृत तारानाथ मिश्रले उत्खनन् कामको सुरुआतपछि विभागबाट प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालले थोरबहुत उत्खनन्को काम गरिसकेपछि गएको पुस २६ गतेदेखि पुरातत्त्व विभागबाट खटिएका पुरातात्त्विक अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खननको काम जारी छ ।

सम्भवतः अझ दुई दिन उत्खनन्को काम हुने अधिकृत ज्ञवालीले जानकारी दिए । उनका अनुसार विराट राजा दरबार भनिएको स्थानमा अहिले उत्खनन् गर्दा एउटा ऐतिहासिक मन्दिर देखिएको छ । मन्दिरदेखि २०० मिटर पश्चिम स्थानीय महेन्द्र मण्डलले जोतभोग गरेको जग्गामा केही भागमा उत्खनन गर्दा दोस्रो शताब्दीको पहिचान हुने किसिमको घना बस्ती हुनसक्ने अनुमान गरिएको उनले बताए ।

उत्खनन् गर्दा खासै महत्त्वपूर्ण वस्तु फेला नपरे पनि त्यस समयमा प्रयोग हुने ३४ सेमी लम्बाइ, २५ सेमी चौडाइ र पाँच सेमी मोटाइ भएको इँटा पाइएको छ । त्यहाँ माटाका अन्य सामग्री पनि फेला परेको र यसलाई सफा गरेर प्याकेजिङको काम भइरहेको बताइएको छ ।

मानव बस्ती, एकीकृत भन्सार जाँचचौकीसमेतले अतिक्रमण भएको विराट राजाको दरबार क्षेत्र खुम्चिएको छ भने यहाँ लगभग १३ देशका पुरातात्त्विक विभागका मानिसले अवलोकन गरिसकेको विराट राजाको रेखदेख एवं संरक्षणमा लागेका स्थानीय नवकिशोर यादवले बताए । उनले विराट राजाकै दरबार हो भन्ने कुरामा दुईमत नरहेको भन्दै विराट राजाको दरबार लगभग डेढ किमी उत्तरपूर्व, दक्षिण र पश्चिमसम्म फैलिएको अनुमान लगाउन सकिने बताए । उनले यहाँ फेला परेका बस्तुमा सिमाला, पुवाँलो, पुलिङ, रत्न, निलम, ग्रेनाइट, लसुनिया, गमेद, लाल मुँगा र रुवेस्ट तथा केही सिक्का सुरक्षित राखेको जानकारी दिए ।

यसको रेखदेख एवं संरक्षणमा लागेदेखि आफूले यहाँ अतिमूल्यवान बस्तुहरू फेला पारेको र यी सबै बस्तुहरू आफ्नै सङ्ग्रहालयमा सुरक्षित राखेको उनले जानकारी दिए । सरकारी पहुँच नभएर यसको प्रचार, प्रसार एवं उत्खननबाट वास्तविक पहिचान हुन नसकेको यो क्षेत्रमा प्रदेश नं २ को तत्कालीन प्रदेश प्रमुख डा राजेश झा, प्रदेश नं १ को तत्कालीन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लगायतले निरीक्षण एवं अवलोकन गरिइसकेको यो क्षेत्रको थोरै विकासमा विराट क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति मोरङले मद्दत गरेको स्थानीय युवा मुकेश यादवले बताए ।

सम्बन्धित समाचार

आज २५६४ औँ बुद्ध जयन्ती, घरमै दीपावली गरेर मनाउन सरकारको आह्वान

काठमाडौं, २५ वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदै छ । ‘अहिंसा नै शान्ति र...

काभ्रेपलाञ्चोकको ‘क्वारेन्टाइन’ खाली

काभ्रेपलाञ्चोक, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।...

उपत्यकामा ८ सहित आज २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ असोज-आज देशभर २२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आइतबार १७ पुरुष र पाँच महिला संक्रमितको मृत्यु भएको हो । मृतक ३८ देखि ९८ वर्ष उमेर समूहका छन् ।  आइतबार...

हाजी इन्जिनियरिङद्वारा डस्विन प्रदान विराटनगर महानगरलाई

विराटनगर । विराटनगर तीनपैनीस्थित हाजी इन्जिनियरिङ एण्ड ग्रिल वर्कसपले विराटनगर महानगरपालिकालाई विशेष किसिमको डस्विन प्रदान गरेको छ । आज आयोजित एक समारोहका बीच मेयर नागेश कोइरालालाई डस्विन हस्तान्तरण गर्नु भएको हो । पहिलो चरणमा महानगरलाई...

विराटनगरमा दर्ता बेगरको मेडिकुइस्ट प्रयोगशालामा शिलबन्दी

विराटनगर । विराटनगर ७ हस्पिटल चोकमा दर्ता बेगरको एउटा प्रयोगशाला शिलबन्दी गरिएको छ । दर्ता बेगर संचालनमा आएको मेडिकुईस्ट प्रयोगशाला विराटनगर महानगरपालिकाले शिलबन्दी गरेको हो । महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बिहीबार गरेको अनुगमनको क्रममा...

मोरङमा ६६ प्रतिशत मत खस्यो

विराटनगर । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा ६६ प्रतिशत मत खसेको छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेको मध्ये प्रारम्भिक तथ्यांक अनुसार ४ लाख ८७ हजार ४७...

विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोमबीच सम्झौता

विराटनगर । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच उपचारमा सौलियत दिन सम्झौता भएको छ । विराटनगर हार्डवेयर संघले आफ्ना सदस्य, कर्मचारी र कर्मचारी सँग आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका...

आरती स्ट्रिप्सका थप २१ कर्मचारीमा कोरोना संक्रमण

विराटनगर, साउन ३०-मोरङको बुढीगंगा गाउँपालिका-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा थप २१ कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमा  बिहीबार कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको बुढीगंगा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्