जलवायु परिवर्तनकाे असर : हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा

 न्यूज विराट
जलवायु परिवर्तनकाे असर : हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा

काठमाडौं, १७ पुस । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।

नेपालको हिमाली क्षेत्रमा जमेर रहेका पानीका स्रोत र यसको तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनको असर बुझ्न अध्ययन गरिएको कार्यक्रममा जानकारी गराइएको छ । हिमाली क्षेत्रको भौगोलिक अवस्था, उत्तर–दक्षिणमा छोटो दूरीमा उचाइ परिवर्तनको कारणले तापक्रम र वर्षाको भिन्नतामा उच्च परिवर्तन देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालमा सन् १९७७ देखि २०१० सम्म करिब २४ प्रतिशतले हिमनदीको क्षेत्रफल घटेको यसअघिको एक अध्ययन प्रतिवेदनको निष्कर्षलाई पनि पछिल्लो अध्ययनले सार्वजनिक गरेको छ । सन् १९७० देखि २००७ सम्म नेपालको खुम्बु क्षेत्रमा पर्ने इम्जा र ल्होत्से हिमनदीको उचाइ घटेको तथ्य पनि अध्ययनले सार्वजनिक गरेको छ ।

हिमतालको तीव्र विकासले हिमताल विष्फोटबाट हुने बाढीको जोखिम बढेको छ । कोशी, गण्डकी र कर्णाली जलाधारमा सम्भावित खतरनाक ४७ वटा हिमताल पहिचान गरिएका छन् । यसमध्ये २१ वटा नेपालको उच्च हिमाली क्षेत्रमा, २५ वटा तिब्बतमा र एउटा भारतमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । हालसम्म नेपाल हिमशृङ्खलाबाट ३५ वटा हिमताल विष्फोटन भएको विभिन्न स्रोतमा उल्लेख गरिएको तथ्यलाई पनि अध्ययन बाहिर ल्याएको छ ।

अध्ययन कार्यदलका संयोजक मोहनबहादुर चन्द सन् १९६३ मा कञ्चनजङ्घा क्षेत्रमा हिमताल फुटेको तथ्य स्थलगत अध्ययनका क्रममा स्थानीय बूढापाकाबाट पुष्टि भएको बताउँछन् । यसको अभिलेख भने कतै नभएको र यो विषय सञ्चारमाध्यममा पनि नआएको उनले कार्यक्रममा सुनाए । कार्यक्रममा पूर्ववातावरण सचिव भएर काम गरिसकेका कृष्ण ज्ञवालीले यस्ता विषयमा छलफल गर्ने वातावरण परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिए पनि त्यसको बैठक नै कम बस्ने गरेको जानकारी गराए । परिषद्को बोझिलो संरचना भएकाले कमै बैठक बस्ने गरेकोसमेत उनको अनुभव छ ।

वन तथा वातावरण मन्त्रालयका उपसचिव डा अरुणप्रकाश भट्टले पछिल्लो समय मेलम्चीमा आएको बाढी, मनाङको हिमपहिरो र सुदूरपश्चिम प्रदेशमा बेमौसममा पानी परी धानबाली नष्ट भएको घटना जलवायु परिवर्तनको प्रभाव भएको बताए । विकसित राष्ट्रले कार्वन उत्सर्जन गर्दा आएको यो समस्या समाधानमा पनि तिनै देशले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । सन् २०११ को अध्ययन अनुसार नेपालले ०.०५६ प्रतिशतमात्र कार्बन उत्सर्जन गर्छ ।

कार्यक्रममा टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, उपाध्यक्ष बुद्धिनारायण श्रेष्ठ, महासचिव मुकुन्दबहादुर प्रधान, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका रमेशराज पन्तलगायतले जलवायु परिवर्तनका विषयमा नेपालले आफ्नै स्रोतबाट विस्तृत अध्ययन सुरु गर्नुपर्नेमा जोड दिएका थिए । राजधानी काठमाडौं उपत्यकालगायत प्रमुख सहरमा फैलिएको प्रदूषण रोकेर पनि जलवायु परिवर्तनबाट हुने समस्या रोक्न सहयोग गर्न सकिने उनीहरूकाे भनाइ थियाे ।

स्थानीय तहले जलवायु परिवर्तनसम्बन्धी अध्ययन जनचेतना जगाउन छुट्याउने बजेट रकमान्तर गरी विकास निर्माणमै लगाइने गरिँदा पनि समस्याका बारेमा जनतालाई जागरुक गराउन नसकिएकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

सम्बन्धित समाचार

बलात्कारको आरोपमा देवर नाता पर्ने पक्राउ

धरान, कात्तिक १७–धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय...

आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर...

विराटनगरको जनरल हस्पिटलमा मोतियाबिन्दुको सफल शल्यक्रिया

विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया भएको छ । १५ शैय्याको यो हस्पिटलमा आँखाको सम्पूर्ण उपचार सेवा हुने गरेको छ । अस्पतालले विरामीहरुको आँखाको...

प्रदेश १ मा था ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

विराटनगर, बैशाख २७–नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ जना पुगेको छ । शुक्रबार अबेर गरिएको परीक्षणमा उदयपुर, कपिलवस्तु र पर्सामा थप सात जनामा कोरोना पुष्टि...

प्रदेश १ मा ८८८ संक्रमित थपिए, २५७ जना संक्रमण मुक्त

विराटनगर, ८ जेठ । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २९ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य बहादुर थापाले मन्त्रिपरिषद् बैठक बसेको जानकारी गराएका हन् । उनले नियमित बैठक अनुसार नै आजको बैठक बसेको जानकारी गराए ।

रियालिटी शो ‘डान्स मास्टर’को घोषणा, तेरिया र सुशान्त पनि जज

नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी...

सुडान घोटालाका दोषी पूर्व आईजीपी ठकुरी आज जेल मुक्त हुँदै 

काठमाडौं, २९ जेठ-पूर्व प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज रिहा हुने भएका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका ठकुरी एक वर्ष कैद सजाय भुक्तानी गरी डील्लीबजार कारागारबाट छुट्न लागेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्