आजदेखि लुम्बिनीमा प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक सुरु

 न्यूज विराट
आजदेखि लुम्बिनीमा प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ, पुस १२ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारवाहीबाट हटाएर रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।अध्यक्ष बस्नेतका अनुसार बैठकले राष्ट्रिय महाधिवेशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको मिति पनि निर्धारण गर्नेछ । चौतारीले आगामी फागुनभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्ययोजनासहित काम अगाडि बढाएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

बैठकको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अपरान्ह ३ बजे उदघाटन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा प्रचार विभाग उपप्रमुख विष्णु रिजालको पनि उपस्थिति रहने छ ।केन्द्रीय कमिटी बैठकमा देशभरबाट केन्द्रीय कमिटी सदस्य तथा अतिथीहरुसहित तीनसय बढीको सहभागिता रहने केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रदिप आचार्यले बताए । प्रेस चौतारी रुपन्देही शाखाको आतिथ्यतामा बैठक हुन लागेको हो ।

सम्बन्धित समाचार

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

सिराहा, ६ भदौ-मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ दिनअघि गत ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...

नेता पक्राउपछि विप्लव आक्रोसित, प्रतिकारका लागि तयार रहन निर्देशन

काठमाडौं, २४ वैशाख-नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि अपिल गरेका छन् । विप्लवले एक...

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व साक्षरता दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई क्लबले दिवसको अवसर पारेर विभिन्न शैक्षिक सामाग्री वितरण गरेको हो ।  आठ...

उद्योगी व्यवसायीका माग पूरा गर्न अर्थमन्त्री सकारात्मक

विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रका मागलाई चाँडो सम्बोधन गर्ने बताएका छन् । आन्दोलनरत उद्योगी व्यवसायीसँग बुधबार भएको भेटको क्रममा अर्थमन्त्री पौडेलले उनीहरूलाई यस्तो बताएका हुन् । बैंकको चर्को ब्याजको विरोधमा सडकमा उत्रिएका उद्योगी...

लकडाउन खुकुलो पार्ने सरकारको संकेत

काठमाडाैं, ११ वैशाख-सरकारले छिमेकी मुलुकहरूमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने विषयमा निर्णय हुने बताएको छ । कोरोना संक्रमणको जोखिम नेपालमा पनि यथावत् रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षीय रूपमा गर्न नसकिने सरकारले बताएको हो...

प्रधानमन्त्री धुम्बाराही नआउने, कोरोना संक्रमणको डरलाई देखाइयो कारण

काठमाडौं, २१ मंसिर-नेकपा अध्यक्ष तथा प्रधानमन्त्री धुम्बाराहीमा बसिरहेको स्थायी कमिटी बैठकमा नआउने भएका छन् । कोरोना भाइरसको संक्रमणको डर रहेको भन्दै प्रधानमन्त्री ओली बैठकमा नआएका हुन् । आजको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली...

चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

काठमाडौं, १५ वैशाख-नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा चितवनमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका लागि आज बिहान चितवनको...

प्रदेश १ मा वडा तहसम्मै तालमेल गर्ने गठबन्धन दलमा सहमति

सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा प्रदेश १ का सवै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । गठबन्धनका दलहरू प्रदेशका १३७ वटै पालिका र ती पालिकाका सवै वडामा चुनावी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्