गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

 न्यूज विराट
गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ ।

बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ । विसं २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गरेका हुन् ।

यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा शनिबार आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा प्रकाशक थापाले नगरपालिकाको वडा नं ४ का विद्यालयका लागि आवश्यक पुस्तक वडाध्यक्ष श्रीकुमार श्रेष्ठलाई दिए । हजुरबाले लेखेकोे पुस्तक आफूले नौ वर्षको उमेरमा पढेको उल्लेख गर्दै प्रकाशक थापाले पुस्तकले आफूलाई अहिलेसम्म पारेको प्रभावका आधारमा माध्यमिक तहका विद्यार्थीले अध्ययन गर्ने अवसर पाऊन् भनी प्रकाशन गरेर निःशुल्क वितरण गरिएको सुनाए ।

कार्यक्रममा यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, वडाध्यक्ष श्रेष्ठलगायतले सानै उमेरदेखि बालबालिकामा नैतिक ज्ञानको विकास गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।  पहिलो चरणमा नगरपालिकाका सबै विद्यालयमा पाँच–पाँच प्रति पुस्तक दिएर पुस्तकालयमा राखिने छ । अध्ययन गर्न चाहने विद्यार्थीले ती पुस्तकबाट लाभ लिन सक्ने जनाइएको छ ।

रामायणको लामो कथाबाट बालबालिकाका लागि उपयुक्त मुख्य–मुख्य विषय समेटेर ९२ पृष्ठमा तयार पारिएको पुस्तक उपयोगी रहेको भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले बताए । बालबालिकालाई नैतिक पक्ष सिकाउन पुस्तक उपयोगी हुने उनकाे भनाइ छ ।

नगरपालिकामा सामुदायिक १७ र संस्थागत ९८ गरी ११५ वटा विद्यालय छन् । नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि कोरोनाकालपछि यो पुस्तकको पढाइ नै बन्द भएको विद्यार्थीको गुनासो छ । नगरपालिकाले देशमै पहिलोपटक स्थानीय पाठ्यक्रम  लागू गरेको दाबी गरेको थियो ।

सम्बन्धित समाचार

मन्त्री कार्कीद्धारा फ्लड लाइटको अनुगमन

विराटनगर, २१ पुस-प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले...

अब नेपाल एयरलाइन्सकाे टिकटबाटै युरोप, अस्ट्रेलियाकाे यात्रा गर्न पाइने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता...

कतारमा समस्यामा परेका नेपाली फर्काउन नेपाल र हिमालय एयरलाइन्सका ३/३ उडान तय

काठमाडौं, ३१ असार-कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीका लागि कतारबाट नेपाल एयरलाइन्सका ३ तथा हिमालय एयरलाइन्सका ३ गरी ६ वटा उडानहरू तय भएका छन् ।  दुवै एयरलाइन्सका आगामी १७, १८...

सुनवर्षीका एक संक्रमितको मृत्यु भएको गाउँ शिल

विराटनगर, साउन १५–कोरोना संक्रमित भएका व्यक्तिको मृत्यु भएपछि मोरङको सुनबर्षी नगरपालिकाले ८ नम्बर वडा तीन दिनका लागि शिल गरेको छ । वडाबासी ४५ बर्षिय संक्रमित व्यक्तिको उपचारका क्रममा धरानको बुधबार साँझ विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा...

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु १२ जना घाइते

विराटनगर, २९ कात्तिक । ओखलढुङगामा बोरोले दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ओखलढुङगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान दुर्घटना हुँदा सद्धिचरण नगरपालिका–१० की ३५ बर्षीया मिठुमाया मगर,...

ग्यास सिलिण्डर पड्किएर गुल्मीमा आगलागी, छोराको मृत्यु, बुबाआमा घाइते

बुटवल, ८ वैशाख-गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार दिउँसो भएको आगलागीमा १ जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका- ४, शान्तिपुर बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी भएको हो । आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षीय समिर खनालको...

भ्याक्सिन सम्झौता प्रकरण : सरकारले सहमति नदिए रद्द हुन्छ

काठमाडौं, १४ असोज-रूस र नेपालबीच कोरोना भाइरसविरुद्धको  भ्याक्सिन ल्याउने सहमति भएको समाचार  मंगलबार राति सार्वजनिक भयो । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच स्पुतनिक–५ भ्याक्सिनको २ करोड ५० लाख डोज...

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

काठमाडौँ, १९ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्