विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इटहरीमा ३ र स्थानीय तह नखुलेका १, झापाको भद्रपुर र झापा गाउँपालिकामा १–१ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

आजको मौसम : अधिकांश भू-भागमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ...

माग पूरा गर्ने प्रतिवद्धतापछि पूर्व मुख्यमन्त्री केदार कार्कीले तोडे अनसन

विराटनगर । माग पूरा गर्ने सरकारी प्रतिबद्धता पछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने लिखित प्रतिबद्दता...

धनुषामा हावाहुरी र असिनासहित भीषण वर्षा

जनकपुर, १२ वैशाख-धनुषामा हावाहुरी र असिनासँगै भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । आधा किलोसम्मको असिनाले बालीनालीमा क्षति पुर्‍याएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा असिनाले सयौं घरको छाना प्वाल पारेको छ ।...

कोरोनाबाट २४ घण्टामा ५ महिला र ३ पुरुषको मृत्यु

काठमाडौं, ११ भदौ-बिहीबार नेपालमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा ५ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर...

मदिराले लठ्याएर बलात्कार गर्ने युवक पक्राउ

सप्तरी, १ असार-बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट १ युवक पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ का ३७ वर्षीय शिवशङ्कर मण्डल १ वर्षपछि आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले...

झापामा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षण

कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन...

यस कारण बन्द भयो विराटनगरको संजीवनी हस्पिटल, बजारको ४० करोड ऋण तिर्न बाँकी

विराटनगर । आर्थिक रूपले टाट पल्टिएपछि आन्तरिक विवादको कारणले विराटनगरको हस्पिटल चोकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि. बन्द भएको छ । नयाँ सेयर सदस्यहरूबीचको विवादका कारण बजारको ४० करोड रूपैयाँ ऋण नतिरी ५०...

तेजस्वी सहकारीद्वारा रक्तदान कार्यक्रम, २४ जनाले गरे रक्तदान

विराटनगर । विराटनगर ५ त्रिमूर्ति मार्गमा अवस्थित तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा २४ जना व्यक्तिहरूले रक्तदान गरेको संस्थाकी सचिव मिना खनालले जानकारी दिइन्। कार्यक्रममा संस्थाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्