प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरको आदेश - News Birat

प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरको आदेश

न्यूज विराट

विराटनगर, २७ मंसिर । उच्च अदालत विराटनगरले प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न प्रदेश सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बोर्डका सदस्यद्वय देवी गौतम र उमेश घिमिरेद्वारा दायर रिटमा सोमबार सुनुवाइ गर्दै मुख्य न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलाशले बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

निवेदनमा उठाएको विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुबै पक्षलाई छलफलमा राखेर मात्र उचित निष्कर्षमा पुग्न मनासिव हुने देखिएकाले आगामी १ पुसका लागि पेशी तोकेको आदेशमा उल्लेख छ ।

प्रदेश पर्यटन बोर्ड र बोर्डमा मनोनित सबै पदाधिकारी समेतलाई खारेज गरि पर्यटन क्षेत्रलाई अन्याय गरिएकोले भन्दै प्रदेश सरकारको निर्णय खारेजीको माग राख्दै बोर्ड सदस्यद्धय गौतम र घिमिरेले हिजो आइतबार उच्च अदालतमा रिट दायर गरेका थिए।

प्रदेश सरकारले प्रदेश पर्यटन बोर्ड र बोर्डमा मनोनित सबै पदाधिकारी समेतलाई खारेज गरि पर्यटन क्षेत्रलाई अन्याय गरिएकोले सरकारको निर्णय खारेजीको माग रिटमा उल्लेख छ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles