पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव

 न्यूज विराट
पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव

चितवन, ४ मङ्सिर-तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ ।
कोभिड महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यस वर्षको चितवन महोत्सव पर्यटन क्षेत्र लक्षित गरी आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आज जानकारी दिइएको हो । पर्यटन र पर्यटन व्यवसायीको उत्थानमा महोत्सव केन्द्रित रहने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिने श्रेष्ठको भनाइ छ । महोत्सवमा पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिने र यसका लागि आवश्यक छलफल भइरहेको उहाँले बताउनुभयो ।
कोभिडका कारण सबै क्षेत्र प्रभावित भएता पनि बढी प्रभावित क्षेत्रको रुपमा पर्यटन क्षेत्र रहेको सङ्घले महसुस गर्दै यस वर्षको चितवन महोत्सव पर्यटनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको हो । उहाँले भन्नुभयो, “आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा केन्द्रित महोत्सवमा पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिनेछ ।” चितवनको पहिचान, बहुआयामिक विविधता, पर्यापर्यटन र चितवन आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य हो भन्ने विषय महोत्सवमा झल्किने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अहिले चितवनले पर्यटनमा दैनिक रु दुई करोड घाटा बेहोर्नुपरेको भन्दै अध्यक्ष श्रेष्ठले यस क्षेत्रलाई उठाउन जरुरी रहेकाले पर्यटन क्षेत्र केन्द्रित गर्न लागिएको बताउनुभयो । माघ ४ गतेसम्म चल्ने महोत्सवमा चारवटा विशेष र डोमसहित ३५० वटा स्टल रहने छन् । सबै स्टलको वीमा गरिनेछ । कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष स्टल सङ्ख्या घटाइएको छ ।
कोभिडको जोखिम कम गर्न फराकिलो खाली ठाउँ राख्नका लागि स्टल सङ्ख्या घटाइएको पत्रकार सम्मलनमा जानकारी दिईएको थियो । महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुनेछन् ।
महोत्सवमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, हस्तकलाका सामग्री, कुखुरापालन, सवारी साधन, सूचना तथा प्रविधि, मेड इन नेपाल परिसर, बैंक तथा वित्तीय संस्था, रेष्टुराँ तथा जनजातिका रहनसहन झल्किने घरहरू रहनेछन् । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभुषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ । कोभिडको जोखिमलाई मध्यनजर गर्दै महोत्सव परिसरभित्र फराकिलो खाली ठाउँ राखी स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पालनाका लागि सचेतनामूलक कार्यक्रम पनि आयोजना गरिने श्रेष्ठले बताउनुभयो ।
महोत्सवको प्रवेशद्वारमा मास्क र स्यानिटाइजर राखिनेछ । महोत्सव अवधिभर एम्बुलेन्सको व्यवस्थासहित प्राथमिक उपचार केन्द्र, दैनिक स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य परीक्षण पनि हुने उहाँको भनाइ छ । महोत्सव व्यवस्थापनका लागि मूल समिति, सल्लाहकार समिति, स्टेरिङ समिति र ३० वटा कार्यगत समिति गठन गरिएको छ ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि रु ५० र विद्यार्थीका लागि रु २५को टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ । आन्तरिक तथा बाह्य गरी करिब पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । यस्तै महोत्सव अवधिमा रु २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट उपत्यकाका ६ सहित १४ को मृत्यु, ३९८ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

एमाले कोशीको १३ बुँदे आचार संहिता : सामाजिक संजालमा नेताका बारेमा लेख्न प्रतिबन्ध

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले १३ बुँदे आचार संहिता जारी गरेको छ । विराटनगरमा शनिबार सकिएको बैठकले १३ बुँदे आचार संहिता जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको गोपनीयता भङ्ग...

नेपालमा थप १३८८ जनामा कोरोना पुष्टि, २२६० जना डिस्चार्ज

काठमाडौं, १३ भदौ । नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

सौन्दर्यकर्मी युनियनद्वारा माता तीर्थ औंशीको अवसरमा आश्रमका ज्येष्ठ नागरिकलाई भोजन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले शनिबार माता तीर्थ औंशीको अवसर पारेर विराटनगरस्थित मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन व्यवस्था गरेको छ। आश्रममा रहेका आमाहरूलाई सम्मान गर्दै यो विशेष...

आज र भोलि नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाडौं, १५ वैशाख-जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार र मंगलबार वर्षाको सम्भावना भएकाले सुदूरपश्चिम, कर्णाली, गण्डकी,...

कोशी प्रदेशमा स्वास्थ्यमा ५१ करोड बढ्यो बजेट, ३ अर्ब ५८ करोड बिनायोजन

विराटनगर । कोशी प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि स्वास्थ्यमा ५१ करोड रुपैयाँ बजेट बढाएर ल्याएको छ । चालु आर्थिक वर्षको लागि सरकाले २ अर्ब ७ करोड २७ लाख रुपैयाँ बजेट विनायोजन गरेको थियो ।...

कालोबजारीको आरोपमा अग्रवालमाथि मुद्दा दायर

 काठमाडौं, १६ वैशाख-२५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायार भएको छ । मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको...

एभरेष्ट स्कुलमा वार्षिक स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटगर– स्थित एभरेष्ट स्कुलको वार्षिक स्पोर्ट्स मिट आजदेखि सुरु भएको छ । एभरेष्ट कलेजको खेल मैदानमा आज मन्टेश्वरी तर्फका कक्षा नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विभिन्न प्रतियोगिता गराइएको हो । २१ गतेदेखि गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्