पतञ्जलीका गैरकानुनी, इजाजतै नलिएका टीभी च्यानल प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

 न्यूज विराट
पतञ्जलीका गैरकानुनी, इजाजतै नलिएका टीभी च्यानल प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

काठमाडौँ, ४ मंसिर । निकै तामझामका साथ उद्घाटन गरिएका पतञ्जलीका दुवै भारतीय टेलिभिजन च्यानल नेपालमा प्रशारणको इजाजतै नलिएका पाइएको छ । हिजोमात्र प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गर्नुभएका भारतीय योगगुरु रामदेवको पहलमा सुरु भएका दुई टीभी च्यानलले नेपाल सरकारबाट प्रसारणका लागि इजाजतपत्र नै नपाएको खुलेको रहस्य खुलेको छ।

पतञ्जली नेपालले सञ्चालनमा ल्याएका दुई टीभी च्यानल—आस्था नेपाल र पतञ्जली नेपालको उद्घाटन प्रधानमन्त्री देउवाले मण्डिखाटारस्थित पतञ्जली आश्रममा गर्नुभएको थियो । नेपालमा टेलिभिजन प्रसारणका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले इजाजत दिने गर्छ। विभाग स्रोतका अनुसार पतञ्जलीले टीभी च्यानल प्रसारणका लागि इजाजतपत्र लिएको छैन। विभागको एक स्रोत अनुसार यी दुई टीभी च्यानलले प्रसारणका लागि स्वीकृति पाएका छैनन् ।

‘पतञ्जलीले टीभी च्यानल सञ्चालनका लागि अनुमति मागेर आवेदन पनि दिएको छैन। यसरी इजाजत नलिई टेलिभिजन सञ्चालन गर्नु गैह्रकानुनी हो,’ विभागका एक कर्मचारीले बताउनुभयो । तर, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह यी दुई टीभी च्यानलले सरकारबाट अनुमति सञ्चालन पाइसकेको दाबी गर्छन्। आस्था च्यानलले चाहिँ भारतीय आस्था च्यानलकै सामग्री प्रसारण गर्ने तथा सिंहका अनुसार यी टीभीले योगसाधना, योगाभ्यास र धार्मिक गतिविधिबारे सामग्री प्रसारण गरिने छन् । पतञ्जलीका नेपाल प्रमुख सिंहले दुई टीभीको लगानीबारे टिप्पणी गर्न चाहेनन्। पतञ्जली आश्रममा आयोजित टीभी च्यानल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि जनता समाजवादी पार्टीका संयोजक उपेन्द्र यादव र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नीधि, कृष्ण सिटौला, चित्रलेखा यादव र सुजाता कोइरालासम्म जम्मा हुनुभएको थियो ।

बिहान ९ बजे सुरु भएको कार्यक्रममा सरकारका मन्त्रीहरु बालकृष्ण खाण र पर्यटनमन्त्री प्रेम आले पनि सहभागी हुनुभएको थियो । नेताहरु पतञ्जलीका योगगुरु रामदेव तथा अर्का अभियन्ता आचार्य बालकृष्णको निम्तो स्वीकार्दै त्यहाँ भेला भएका थिए। भारतीय राजदूत विनयमोहन क्वात्रा सहित नेपाली नेताहरु र रामदेव र आचार्य बालकृष्णसँग कुम जोडेर रमाइरहेको देख्न सकिन्थ्यो। कार्यक्रमको उद्घाटनमा भारतीय यातायातमन्त्री नितीन गडकरी आउने तय भए पनि अन्तिम समयमा आएनन्। उनले भिडियो कन्फ्रेन्सबाटै पतञ्जलीलाई शुभकामना दिनुभएको थियो । कार्यक्रम देख्दा यस्तो लाग्थ्यो– नेपालको कुनै राष्ट्रियस्तरको टीभी उद्घाटन भइरहेछ। रामदेव आफैँले माओवादी केन्द्रका अध्यक्षलाई बिहीबारै भेटेर कार्यक्रममा जसरी पनि आइदिन आग्रह गर्नुभएको एक स्रोतले बतायो ।

एमालेका अध्यक्ष केपी ओली चाहिँ कार्यक्रममा जानुभएन । निम्ता पाए पनि ओलीले आफू अस्वस्थ रहेको बताउनुभएको थियो । तामझाम सहित उद्घाटन गरिएका यी टीभी च्यानल कुन उद्देश्यले ल्याइए भन्ने खुलेको छैन। कार्यक्रममा सहभागी हुन पुगेका एभीन्युज टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकारले पतञ्जलीका दुई टीभी च्यानलका प्रकृतिबारे जानकारी नरहेको बताउनुभयो । ‘मलाई टीभी उद्घाटन भनेर बोलाइएको थिएन। पतञ्जलीबाट एउटा भवन उद्घाटन गर्ने भनिएको थियो। त्यहाँ पुग्दा थाहा भयो टीभी च्यानल पनि उद्घाटनको कार्यक्रम रहेछ,’ राजकर्णिकारले भन्नुभयो ।

टीभी च्यानलबारे कार्यक्रममा खासै जानकारी नदिइएको उहाले बताउनुभयो । भारतको लगानीमा आस्था नेपाल र पतञ्जली नेपाल नामका दुई टेलिभिजन च्यानल सञ्चालनमा आएका हुन्। मण्डिखाटारस्थित पतञ्जली नेपालको आश्रममा नै यी दुई टीभीका कार्यालय स्थापना गरिएका छन्। यी दुई टीभीमा कति लगानी छ भन्ने स्पष्ट खुलेको छैन। भारतीय मिडियाले भारतीय कम्पनीले नेपालमा आस्था नेपाल र पतञ्जली टीभी ल्याउन लागेको समाचार दिएका छन्। त्यहाँको दि इन्डियन एक्सप्रेस दैनिकले यी दुई च्यानल सञ्चालनमा दस हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने समाचारमा जनाएको छ। योग र धर्मको आवरणमा पतञ्जलीले व्यापार र राजनीति गर्दै आएको छ। भारतमा योग शिविर सञ्चालन गर्ने पतञ्जलीले ​आयुर्वेदिक वस्तुको उत्पादन गरेर बेच्ने गरेको छ।

पतञ्जलीले कोरोना महामारीका बेला कोरोना निको पार्ने भन्दै ल्याएको ‘कोरोनिल’ आयुर्वेदिक औषधि भारतमै विवादित बनेको थियो। जनस्तरबाट विरोध भएपछि भारत सरकारले कोरोनिल औषधि बिक्रीवितरणमा रोक लगाएको थियो। नेपालमा पनि कोरोनिलको व्यापार गर्ने प्रयास पतञ्जलीले गरेको थियो। तर उनीहरुको प्रयास सफल भएको थिएन। पतञ्जलीले नेपालमा पनि दैनिक उपभोग्य सामग्रीको व्यापार गर्ने गर्छ। नेपालमा अहिले दुई च्यानल सञ्चालनमा ल्याएर पतञ्जलीले आफ्नो व्यापार प्रबद्र्धन गर्न खोजेको देखिन्छ।

सम्बन्धित समाचार

बर्दिवासमा आगलागीबाट करोडको क्षति

महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुुख्यचोकमै आज आगलागी भएको छ ।  व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। मोहम्मद...

झापामा कपडा व्यापारीको हत्या

विराटनगर, ९  साउन-झापाको मेचीनगर नगरपालिकाका १ व्यापारीको हत्या भएको छ । वडा-२ भृकुटीचोकका ५० वर्षीय व्यापारी नारायण आचार्यको हत्या भएको हो । आफ्नै कपडा पसलमा सामान बेच्दै गरेको उनीमाथि ग्राहक बनेर आएका व्यक्तिले धारिलो हतियार...

‘कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा १० वर्ष असर पार्छ’

एजेन्सी, जेठ १०-प्रसिद्ध अर्थशास्त्री प्राध्यापक नुरियल रुबिनीले कोरोना भाइरसको महामारीको असर विश्वको अर्थतन्त्रमा १० वर्षसम्म पर्नसक्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरसका कारण विश्वभर लामो आर्थिक मन्दी हुने र त्यसबाट अर्थतन्त्रलाई पुरानै मार्गमा फर्काउन...

एजेलियाले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर १ पोखरीयामा रहेको एजेलिया बोर्डिङ स्कुलले ४१ औं वार्षिकोत्सव तथा अभिभाव दिवस मनाएको छ । दुई चरणमा आयोजना गरेर स्कुलले वर्षिकोत्सव तथा अभिभाव दिवस मनाएको हो ।स्कुलले शुक्रबार र शनिबार दुई दिन...

रामचन्द्र पाैडेल भन्छन्, ‘सरकार अटेरी भयाे’

काठमाडाैं, १८ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका छन् । पौडेलसहित कांग्रेस नेताहरू अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका हुन्। क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर...

आगामी महाधिवशेनमा सभापतिमा उठ्छु : काँग्रेस नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी...

उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजको सम्मान र पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ ।कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १३८ जना बिद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो ।सम्मानित हुने १ सय...

हिसान स्पोर्टस् मिट : उपाधीको लागि आधा दर्जन कलेज भिड्दै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको हिसान स्पोर्ट्स मिटको फाइनलमा आधा दर्जन कलेज पुगेका छन् । आइतबार भएको खेलमा शिक्षादिप, विकेभिएम, कान्तिपुर, अरनिको, सिद्धार्थ र मोडर्न एरा कलेज फाइनलमा पुगेको हो ।विराटनगरको वैजनाथपुरको क्रिकेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्