भोलिसम्म प्रधानन्यायाधीशको राजीनामा नआए थप आन्दोलन गर्छौं:बार एसोसिएसन

 न्यूज विराट
भोलिसम्म प्रधानन्यायाधीशको राजीनामा नआए थप आन्दोलन गर्छौं:बार एसोसिएसन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि (शुक्रबार) सम्म प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिए ।

‘हामीले प्रधानन्यायाधीश जबरालाई भोलिसम्मको समय दिएका छौँ । यदि भोलि (शुक्रबार) सम्म पनि राजीनामा आएन भने हामी थप आन्दोलनका कार्यक्रम अघि बढाउँछौँ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठले न्यायपालिका सुधारका लागि प्रधान्यायाधीश जबरा बाधक बनेकाले उनको बहिर्गमन अनिवार्य भएको बताए । उनले प्रधानन्यायाधीश जबरा बिचौलियका नाइके भएको र उनको बहिर्गमन नभएसम्म न्यायालयमा सुधार नआउने बताए ।

‘प्रधानन्यायाधीश बिचौलियाका नाइके हुन् । बिचौलिया को हुन् भनेर पनि हामीलाई राम्रोसँग थाहा छ,’ उनले भने, ‘ती बिचौलियाका विषयमा हामीले उनलाई जानकारी गराउँदा पनि रोकेनन् । बिचौलिया नै हाबी छन् र भइरहेका छन् ।’

सम्बन्धित समाचार

झी : पुचमा सामूहिक बेलविवाह

विराटनगर । विराटनगरस्थित झी : पुचमा नेवारी समुदायमा कन्याहरूको सामुहिक बेलविवाह गरिएको छ ।५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ । मंगलबार झी...

मंगलबार विराटनगरमा २०१ संक्रमित थपिए

विराटनगर, ११ जेठ । मंगलबार विराटनगरमा १०९ महिला र ९२ पुरुष सहित २०१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ५६२४ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १३०३ जना कोरोना संक्रमण...

प्रदूषण फैलाउने महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग

विराटनगर । विराटनगरका उद्योगी पारस लोनियाले मोरङको बुढीगंगा गाउँपालिका ३ मा संचालन गरेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् । उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेतीयोग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन...

मोरङ पब्लिक स्कूलको १८ औं वार्षिकोत्सव सम्पन्न

विराटनगर, फागुन १६–मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारीस्थित मोरङ पब्लिक स्कूलले १८ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । स्कूल परिसरमा शुक्रबार सम्पन्न कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले साँस्कृतिक भेषभूषामा सजिएर नृत्य, गायन प्रस्तुत गरेका...

अन्तर्राष्ट्रिय नारी दिवसमा मेरिल्याण्ड कलेजका विद्यार्थी प्रथम

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विराटनगरमा आयोजित बिजनेस आइडिया कन्टेस्टू प्रतियोगितामा मेरिल्याण्ड कलेजका विद्यार्थीहरूले प्रथम स्थान हासिल गरेका छन् । नेप्लिस इन्ट्रिप्रेन्युअर्स फोरम विराटनगर च्याप्टरद्वारा शनिबार उद्योग संगठन मोरङमा आयोजित प्रतियोगितामा मेरिल्याण्ड कलेजका बिबिएस...

आत्मनिर्भर बनाउन हस्तकला सम्बन्धी तालिम

विराटनगर । हस्तकला सम्बन्धी सिपमुलक एक हप्ते तालिम सम्पन्न भएको छ । करुणा फाउन्डेसन नेपाल र फेयर मेड फाउन्डेसनको आयोजनामा अपाङ्गता भएका ब्यक्ति, परिवारका सदस्यहरू र कुष्ठ तथा हात्तीपाइले प्रभावित व्यक्तिहरूका लागि हस्तकला सम्बन्धी सिपमुलक...

आयोगले थाल्याे निर्वाचनकाे तयारी

काठमाडौं, १२ पुस-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता...

ओली-प्रचण्डको कुर्सीको नयाँ व्यवस्थापन

काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्