न्युजल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले जित्यो टि–२० क्रिकेट विश्वकप

 न्यूज विराट
न्युजल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले जित्यो टि–२० क्रिकेट विश्वकप

विराटनगर, २८ कात्तिक । टि–२० क्रिकेट विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको छ । आइतबार राति भएको फाइलमा न्युजल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले टि–२० क्रिकेट विश्वकपको उपाधी जितेको हो ।

लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिम बनेको अस्ट्रेलियाबाट टी–२० विश्वकपको उपाधि भने टाढा रहँदै आएको थियो । यसअघि सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो । तर यसपटक भने न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य १८.५ ओभरमा पछ्याउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

अस्ट्रेलियालाई जीत दिलाउन मिचेल मार्सले नटआउट रहँदै ७७ रनको महत्त्वपूर्ण पारी खेले । कप्तान एरोन फिन्चलाई तेस्रो ओभरमा गुमाए पनि वार्नर र मार्सले टोली सम्हालेका थिए । बोल्टको बलमा बोल्ड हुन अघि वार्नरले मात्र ३८ बलमा ५३ रन बनाए । ग्लेन म्याक्सवेलले नटआउट रहँदै २८ रनको योगदान दिए ।

यसअघि कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले न्युजिल्याण्डले टी–२० विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७२ रनको बनाएको हो ।

विलियमसनले मात्र ४८ बलमा ८५ रन बनाए। जस हेजलवुडको बलमा आउट हुन अघि उनले १० चौका र तीन छक्का हिर्काए । त्यस्तै ओपनर मार्टिन गुप्टिलले २८ रनको योगदान दिए भने ग्लेन फिलिप्सले १८ रन बनाए । ​अस्ट्रेलियाका लागि हेजलवुडले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने एडम जाम्पाले पनि मात्र २६ रन खर्चिदै १ विकेट लिए ।

सम्बन्धित समाचार

नेपाल प्रहरीको एआईजीमा कार्की र शाही सिफारिस 

काठमाडौं, ३१ असार -नेपाल प्रहरीका २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । रिक्त २ एआईजी पदको लागि डीआईजी प्रधुन्न कार्की र निरजबहादुर शाही सिफारिस भएका हुन्...

भारतीय प्राध्यापकले भने, ‘नक्सायुद्ध कसले सुरु गरेको ? नेपाल काश्मिर होइन’

काठमाडौं, ८ जेठ-एक जना भारतीय मूलका प्राध्यापकले नेपालसँगको सीमा विवादलाई लिएर कडा प्रतिक्रिया सार्वजनिक गरेका छन् । स्विडेनस्थित उप्साला विश्वविद्यालयका शान्ति तथा द्वन्द्व अनुसन्धानका प्राध्यापक अशोक स्वीनले नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार गर्छ...

इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरस

एजेन्सी, फागुन १३–इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्वरो बढेपछि स्वास्थ्य परीक्षण गराउँदा मन्त्री इराज हारिर्कीमा कोरोनाको संक्रमण देखिएको हो । मन्त्री हारिर्की स्वयम्ले यो कुराको पुष्टि गरेका छन् । उनले...

विराटनगरमा उल्लासपूर्ण होली (फोटो फिचर)

विराटनगर । विराटनगरलगायत तराईमा आज भव्य रुपमा होली पर्व मनाइएको छ । हर्षौल्लासका साथ होली पर्व मनाइएको हो । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् ।...

विराट क्याम्पसको सम्पत्ति र दायित्व हस्तान्तरण

विराटनगर, ४ भदौ–विराटनगर–१४ स्थित को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रमका वीच क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका...

आज संविधान संशोधन विधेयक पारित हुँदै

काठमाडौं, ३१ जेठ-नेपालको संविधान दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदैछ । १८ जेठमा प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो । सङ्घीय संसद् सचिवालयले आज दिउँसो...

उपत्यकामा एकै दिन थपिए ३ हजार १ सय १७ संक्रमित

काठमाडौं, ५ कात्तिक-बुधबार काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा कोरोना...

चौरजहारी घटनाको छानबिन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, १३ जेठ-पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्