एमाले महाधिवेशन : संखुवासभाबाट सर्वसम्मत प्रतिनिधि चयन

 न्यूज विराट
एमाले महाधिवेशन : संखुवासभाबाट सर्वसम्मत प्रतिनिधि चयन

विराटनगर, २८ कात्तिक ।आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि संखुवासभाबाट १४ जना महाधिवेशन प्रनिनिधि सर्वसम्मत चयन भएका छन् । खुलातर्फ आठ जना, महिलातर्फ चार महिला र दलित तथा पेशागत महासंघबाट एक/एक जना  गरी १४ जना सर्वसम्मत चयन भएका हुन् ।

खुलातर्फ तुलसीप्रसाद न्यौपाने, मुरारीप्रसाद खतिवडा, जीतबहादुर घिमिरे, भीम लिंखा, विदुर लिङ्थेप, भविश्वर गुरुङ, वीरेन्द्र केसी र विपिन तामाङ सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी महिलातर्फ भीमादेवी राई, सीता दाहाल, मनमाया तामाङ र रिता घिमिरे कटुवाल चयन भएका छन् । दलितबाट खड्गबहादुर सुनार र पेशागत महासंघबाट गोमादेवी कटुवाल ढुंगाना सर्वसम्मत निर्वाचित भएको एमाले नेता तथा प्रदेशसभा सदस्य तुलसी न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार

सर्वसाधारणको उच्च अपेक्षा र जीवनको अग्निपरीक्षा

श्रीमन्त भट्टराईविराटनगर । ‘अघिल्लो पटक चुनाव हार्दा पनि १६ करोडको योजना क्षेत्रमा ल्याएछन्, अब जिते पछि त काम गर्छन् होला । सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा उनले धेरै काम गरेका छन्...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

एजेन्सी, २८ मंसिर ।इन्डोनेसियामा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ । यसअघि मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिमी तटमा ६.६...

पञ्जाबमा अदालतभित्रै विष्फोट, दुई जनाको मृत्यु

एजेन्सी, ८ पुस । भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ । विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फाेटमा अन्य केही घाइते भएका छन् । अदालत भवनको दोस्रो तलामा...

प्रजिअ र एसपी राहत बाढ्न आगलागी पीडितकोमा

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङको अध्यक्ष तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित मोरङका प्रहरी...

सञ्चार क्षेत्रका लागि विशेष प्याकेज ल्याउन प्रेस युनियनको आग्रह

नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । युनियनका अध्यक्ष बद्रि सिग्देलले आज एक विज्ञप्तिमार्फत...

एमालेका चार नेतालाई पठाइयो स्पष्टिकरण पत्र, दुई नेताको भागाभाग

काठमाडौं, चैत्र ९-नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्ने चार नेतासँग स्पष्टिकरण पत्र पठाएको छ । बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई आज स्पष्टिकरण पत्र बुझाएको हो । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी...

असुरक्षित हुने गर्भपतनलाई निरुत्साहित गर्न जोड

विराटनगर—असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार स्वास्थ्य लाइभले विराटनगरमा आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको...

नक्कली प्रह रीबनेर पैसा असुल्ने ३ जना पक्राउ

धनगढी, माघ २९–कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका–१ घर भई धनगढी उपमहानगरपालिका– ७, मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका–५, हसनपुरका ३५ वर्षीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्