विराटनगरको अत्रि बचत तथा ऋण सहकारीको १० करोड कारोबार

 न्यूज विराट
विराटनगरको अत्रि बचत तथा ऋण सहकारीको १० करोड कारोबार

विराटनगर, २७ कात्तिक । अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड २५ लाख नौ हजार ३४ रूपैयाँ कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले एक लाख ९६ हजार रूपैयाँ बचत गरेको शनिवार विराटनगरमा आयोजना गरिएको बाह्रौ साधारण सभामा जानकारी गराइएको हो ।

संस्थाले गत आर्थिक वर्ष ४९ लाख २० हजार सात सय दुई रूपैयाँ आम्दानी गरी ४७ लाख २४ हजार पाँच सय २१ रूपैयाँ खर्च गरेको थियो । संस्थाले आर्थिक वर्ष २०७८÷७९ मा ११ करोड ११ लाख १५ हजार रूपैयाँ कारोबार गर्ने लक्ष्य राखेको छ । पाँच सय ६४ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ५६ लाख २३ हजार तीन सय रूपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा पाँच लाख रूपैयाँको शेयर बिक्री गर्ने संस्थाले लक्ष्य राखेको छ ।

संस्थाको बाह्रौ साधारण सभाले सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष ईश्वर खतिवडाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन २०७८, लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट सञ्योजक हरीप्रसाद खतिवडाद्वारा प्रस्तुत लेखा तथा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष माधवप्रसाद खतिवडाद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी, साधारण सभामा ज्योतिष अग्निप्रसाद अम्बिका स्मृती प्रतिष्ठानको सहकार्यमा विराटनगर महानगरपालिका वडा नम्बर तीन निवासी रूक्मीणा खतिवडा र वडा नम्बर पाँच निवासी गोपाल प्रसाद खतिवडालाई सम्मान गरिएको छ ।

उहाँहरूलाई तीन÷तीन हजार रूपैयाँ नगद, प्रमाण पत्र सहित सम्मान गरिएको हो । त्यस्तै, ज्येष्ठ पुस्ताका माता पितालाई माल्यार्पण गरी सम्मान गर्ने कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका वडा नम्बर १२ की नर्वदा खतिवडा, वडा नम्बर पाँचका तीर्थप्रसाद खतिवडा, विराटनगरकै टंकप्रसाद खतिवडा र वेदनाथ खतिवडालाई सम्मान गरिएको छ ।

सम्बन्धित समाचार

वुहान प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण मसँग छ : ट्रम्प

एजेन्सी, बैशाख १९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको आफूसँग प्रमाण रहेको दाबी गरेका छन् ।गुप्तचर एजेन्सीले कोरोना भाइरस जानीबुझी बनाएको नदेखिएको बताएकै दिन ट्रम्पले भने आफूसँग कोरोना भाइरस पैदा गरेको प्रमण रहेको...

मुक्ति कृषि सहकारीको अध्यक्षमा पुनः आचार्य सर्वसम्मत

विराटनगर । मोरङको कानेपोखरी २ को मुक्ति कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः अर्जुन आचार्य सर्वसम्मत चयन भएका छन् । आचार्य स्थापना कालदेखि निरन्तर अध्यक्ष हुँदै आएका छन् । शुक्रबार सम्पन्न आठौं साधरणसभाको अवसरमा भएको निर्वाचन...

घरमै पुगेर कोरोना भाइरसको परीक्षण

धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच सुरु गरेको छ ।शुक्रबार वडा नं १२ बाट सुरु गरिएको भाइरसको ¥यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ । उपमहानगरपालिकाले भारतलगायत विभिन्न...

प्रदेश १ :संक्रमण बढी भएका स्थानमा आइसोलेसन बृद्धि गरिने

विराटनगर, ३ भदौ-प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आईसोलेसन केन्द्र थप गरिने भएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका संवन्धमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा बुधबार बसेको बैठकले संक्रमण बढी देखिएका स्थानमा...

मनसुनपछि देशभर ८५ जनाको मृत्यु, ४६ बेपत्ता

काठमाडौं, २९ असार-सरकारले यस वर्षको मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ ।प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका...

झारखण्डका अर्का मन्त्री पनि कोरोना संक्रमित

एजेन्सी, ७ भदौ-भारतको झारखण्डका कृषिमन्त्री बादल पत्रलेख कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि उनले पनि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । झारखण्डका हेमन्त सोरेन सरकारको ११ सदस्यीय मन्त्रिपरिषदमा उनी कोरोना...

युवालाई लोकसेवा तयारी कक्ष पढाउँदै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले यहाँका पाँच दजर्न बढी युवा युवतीहरुलाई लोकसेवाको तयारी कक्षा पठाउन सुरु गरेको छ ।प्लस २ (१२) कक्षा उत्तीर्ण भएका कटहरी गाउँपालिका भित्रका युवा युवतीहरुलाई सोमबारदेखि पालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन...

ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने

काठमाडौं, ५ फागुन । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्