विराटनगर, २४ कात्तिक । छठ पर्वका अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८ औं पटकको दण्डप्रणायाम गरेका छन् ।
मेयर पराजुले विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायान मन्दिरदेखि विराटनगर–१ सिंघीया खोला परोपकार घाटसम्मको साढे ३ किलोमिटरको दुरीमा घिस्रिएर दण्ड प्रणायाम गरेका हुन् ।
कोभिड १९ को महामारीका कारण गतबर्ष भने उनले दण्ड प्रणायाम गर्न सकेका थिएनन् । मंगलबार विधिपुर्वक खर्ना सकेर मेयर पराजुलीले आजदेखि निराहार छठ माताको ब्रत बसिरहेका छन् ।
यस पटक आफुले विश्व शान्ती, लोककल्याण र कोभिड १९ को महामारीबाट मानिसहरुलाई मुक्तिको कामना गर्दै दण्ड प्रणायाम गरेको मेयर पराजुलीले बताए ।