विराटनगर अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार

 न्यूज विराट
विराटनगर अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार

विराटनगर, २४ कात्तिक । विराटनगर हरिहर चोकमा बुधबार विहान एक जनामाथि खुकुरी प्रहार भएको छ । विराटनगर–८ अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार भएको हो ।

आज विहान साढे ८ बजेतिर काममा जाँदै गर्दा ८ जनाको समूहले खुकुरी प्रहार गरि घाइते बनाएको आलमकी पत्नी हसिदा खातुनले बताइन् ।

स्कुटीमा काममा जाँदै गर्दा बाटो छेकेर विराटनगर–८ का ३० वर्षीय मो. कादिर, अन्सारी, २० वर्षीय मो. साराजुन, २० वर्षिय मो. अन्सारुल, ४५ वर्षीय मो. बाजील, २२ वर्षीय मो. सोनु र नाम नखुलेका अन्य दुई जना व्यक्तिले आक्रमण गरेको आलमकी पत्नी खातुनले आरोप लगाइन् ।

खुकुरी प्रहारबाट आलम घाइते भएका छन् । उनको खुट्टा, हात र शरिरको विभिन्न भागमा चोट लागेपनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते आलम विराटनगरस्थित कोसी अस्पतालमा उपचारपछि घर फर्किएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पारिवारिक विवादका कारण झगडा हुँदा आलममाथि आक्रमण भएको हो । आक्रमणमा संलग्न व्यक्तिहरुको खोजि कार्य जारी रहेको प्रवक्त श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

कोशी प्रदेश टी– १० क्रिकेट : तीन खेलमा एनबीएससीको दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल...

सरकारमा जान ठाकुर-महतो छलफलमा

प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री ओलीसँग ठाकुर-महतो पक्षले आज छलफल गर्दैछन् । मन्त्रालयको संख्या र नाम टुंगो लागे...

जडिबुटी सम्बृद्धिको आधारः मन्त्री घिमिरे

विराटनगर, २६ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताएका छन् । तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको उनले बताउनुभयो । हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन...

उदयपुरकी थप एक महिलामा काेराेना पाेजेटिभ, देशभर संक्रमितकाे संख्या ११० पुग्याे

काठमाडाैं, २७ वैशाख-उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । विराटनगरस्थित काेसी अस्पतालकाे प्रयोगशालामा गरिएको परीक्षणमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो। यसअघि शनिबार बिहान भुल्केकै तीन महिलामा संक्रमण पुष्टि...

विराटनगरस्थित बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

विराटनगर, २९ भदौ । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा...

केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार, एक जना पेस्तोलसहित पक्राउ

विराटनगर । मोरङको केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राईलाई खुकुरी प्रहार गर्ने लेटाङ नगरपालिका–१...

कोरोना संक्रमणबाट कांग्रेस नेताको निधन

विराटनगर,  ९ कात्तिक-कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।  कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका–८ का मण्डललाई उपचारका लागि विराट...

प्रविधिमैत्री शिक्षा आवश्यक : मुख्यमन्त्री राई

विराटनगर, १५ असोज–।प्रदेश १ कामुख्यमन्त्री शेरधन राईले विद्यालयशिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोड दिएका छन् । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्रीबनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए । सामाजिकविकास मन्त्रालय र स्थानीयतहको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्