तिहार पर्व : मौलिक देउसीभैलो हराउँदै

 न्यूज विराट
तिहार पर्व : मौलिक देउसीभैलो हराउँदै

सुशीला रेग्मी

रामपुर (पाल्पा), १९ कात्तिक-तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् ।

देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ । देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन । तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीत बजाएर नाच्ने चलन छ । यसले मौलिकरूपमा तिहारका गीत गाएर नाच्ने चलन हिजोआज कतै पनि देख्न पाइँदैन । भैलेनी आयौँ आँगन बडाली कुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम । हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँसीको बार गाईतिहार भैलो ।

हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँसीको बार गाईतिहार भैलीराम । यी गीत गाएर गाउँभरि देउसीभैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको रामपुरका देवराज अर्याल बताउनुहुन्छ । “अहिले देउसीभैलो खेल्ने परम्परा नै परिवर्तन हुँदै गएको छ, गीत गाएर देउसी खेल्दाको मज्जा नै धेरै आउँथ्यो, हिजोआज त ठूला–ठूला साउण्ड सिस्टम बोक्छन्, इन्टरनेटमा खोजेर गीत बजायो अनि नाच्यो, संस्कृति यसरी परिवर्तन हुँदैछ”, उहाँले भन्नुभयो ।

उज्यालै–उज्यालैको पर्वका रूपमा लिइने दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने तिहार पर्वले ढपक्कै गाउँघर बजारमा ढाकिसकेको छ । दाजुभाइ र दिदीबहिनीबीचको हाँसो, खुसी, मायाप्रेमलाई फराकिलो बनाउने तिहार पर्वमा बलिराजाको पालादेखि नै देउसीभैलो खेल्ने परम्परा चलिआएको कथन छ ।

सूचना प्रविधिको विकास, पश्चिमी संस्कृतिको प्रभावले गर्दा परम्परागतरूपमा भट्याउँदै देउसी र भैलो खेल्ने चलन यतिबेला विभिन्न स्थानबाट हट्दै गएको हो । स्थानीयवासी शिवकुमारी वाग्ले पश्चिमी संस्कृतिले समाजमा प्रभाव पार्न थालेपछि मौलिक परम्परागत देउसीभैलो गाउने चलन हराउन थालेको बताउनुहुन्छ ।

“औँसीका दिनबाट गाउँका साथीभाइ जम्मा भएर घरघरमा जाने कसैले देउसी भन्ने कसैले भट्याउँदै नाच्ने गरिन्थ्यो, अहिलेका पुस्तालाई सुनाउँदा आश्चर्य मान्ने अवस्था आइसक्यो”, उहाँले भन्नुभयो । गाउँगाउँमा सूचना प्रविधिको विकास हुँदै जाँदा मौलिक संस्कृति हराउन थालेको हो । परम्परादेखि नै चलिआएका संस्कार संस्कृतिलाई जोगाइराख्न सबै लाग्नुपर्ने रामपुरका कलाकार लक्ष्मी तिवारीको भनाइ छ । फ्याट्टफुट्टरूपमा अहिलेको देउसीभैलोमा विभिन्न ठाउँमा हिन्दी र अङ्ग्रेजी गीतले स्थान ओगट्न थालेको छ । मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनुपर्ने देखिन्छ ।

केहीले देउसीभैलो संस्कृतिलाई रमाइलोका रूपमा लिन्छन् त केहीले परम्परा जोगाउनका लागि । जे भए पनि देउसी र भैलो खेल्ने निहुँमा हिन्दी र अङ्ग्रेजी गीतलाई स्थान दिन नहुने पनि धेरैको टिप्पणी छ । रामपुर युवा क्लबले भने यस वर्ष सामाजिक सन्देश प्रवाह गर्दै देउसीभैलो कार्यक्रम सुरु गरेको छ । ‘सफा रामपुर, उज्यालो रामपुर’ बनाउने उद्देश्यले क्लबले देउसीभैलो सुरु गरेको हो । रामपुरको मुख्य बजार बेझाड बजार क्षेत्रलाई सफा र उज्यालो बनाउन र परम्परालाई धान्नका निम्ति देउसीभैलो कार्यक्रम गरेको क्लबका सचिव सुन्दर कँडेलले बताउनुभयो । “सामाजिक कामको लागि क्लबका सदस्य मिलेर देउसीभैलो आयोजना गरिएको छ, यस कार्यक्रमाट सङ्कलित रकम सामाजिक क्षेत्रमा खर्चिने र पुरानो चलन रीतिरिवाजलाई कायम राख्न युवाहरु मिलेर देउसीभैलोमा निस्केका छौँ”, उहाँले भन्नुभयो । रातिमा देउसीभैलो खेल्न रोक जिल्लामा तिहार अर्थात् भाइटीकाको बेला रातका समयमा देउसीभैलो खेल्न नपाइने भएको छ ।

प्रशासनले साँझ ७ बजेपछि देउसीभैलो नखेल्न सूचना जारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था कायमै रहेकाले सकेसम्म देउसीभैलो नखेल्न र खेलेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर थोरै सङ्ख्यामा साँझ ७ बजेसम्म मात्र खेल्न प्रशासनले आग्रह गरेको छ । सूचनामा देउसीभैलो खेल्न तिहारको सीमित दिनमा मात्र खेल्न पाइने र घरधनीको समेत पूर्वस्वीकृति लिनुपर्ने जनाइएको छ ।तिहारका बेलामा जुवातास खेल्ने÷खेलाउने र पटका, भुइँचम्पा तथा आतशबाजी गर्नेजस्ता क्रियाकलाप नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

सम्बन्धित समाचार

जापान पढ्न जानेका लागि आध्याको निःशूल्क सेमिनार

विराटनगर । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रलिले उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जान चाहने विद्यार्थीहरुका निम्त्ति निःशूल्क सेमिनार आयोजना गर्ने भएको छ । जापान गएर विभिन्न बिषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई...

जनपुरधामका पूर्वमेयर गिरीको कोरोनाबाट निधन

जनकपुरधाम, २८ साउन-जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको...

विराटनगर महानगरले गर्यो अत्यावश्यक बाहेकका सेवा बन्द

विराटनगर, साउन ११-विराटनगर महानगरपालिकाले कोरोना भाइरस समुदाय स्तरमा फैलनसक्ने भन्दै सामाजिक दुरी र स्वास्थ्य सचेतनाका मान्यताहरुलाई कडाइपूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ । आइतबार महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई रोकथाम...

पोलियो दिवसमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वार सचेतना र्याली

विराटनगर, ९ कात्तिक । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व पोलियो दिवसको अवसरमा विराटनगरमा सचेतना र्याली निकालेको छ । डाउनटाउनले अन्य चारवटा क्लबसहितको आयोजनामा सचेतना र्याली निकालेको हो ।रोटरी भवनबाट सुरु भएको र्याली मेनरोड हुँदै...

सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्यो

काठमाडौं, १२ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं, जेठ ७–नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक...

प्रदेश १ मा घट्यो संक्रमण दर, आज ३४९ जना कोरोना संक्रमित थपिए

विराटनगर, २३ जेठ । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्