विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई कैदीबन्दीले मोरङ कारागारमा छिर्न नदिएपछि सप्तरी लगियो

 न्यूज विराट
विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई कैदीबन्दीले मोरङ कारागारमा छिर्न नदिएपछि सप्तरी लगियो

विराटनगर, १७ कात्तिक । डिल्लीबजार कारागारबाट मोरङ सरुवा गरि विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई आन्दोलन गरेर अन्य कैदीबन्दीले छिर्न नदिएपछि सप्तरी लगिएको छ ।

मंगलबार बिहान विराटनगरस्थित मोरङ कारागारमा गुण्डा नाइके गिरीलाई ल्याइएपनि अन्य कैदीबन्दीले आन्दोलन गरेपछि उनलाई मंगलबारनै सप्तरी कारागार पठाइएको हो । कारागारभित्र कैदीबन्दीलाई यातना र असुली धन्दा चलाउने गिरीलाई ल्याउन पाइँदैन भन्दै कैदीबन्दीहरूले निरन्तर आन्दोलन गरेपछि उनलाई सप्तरी पठाइएको हो ।

कैदीबन्दी आन्दोलनमा उत्रिएपछि कारागार बाहिर र भित्र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । ठूलो संख्यामा कैदीबन्दीहरूले मंगलबार विहानैदेखि आन्दोलन गरेर गिरीलाई जेलभित्र पस्नै नदिएपछि सप्तरी कारागार पठाएइको मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । ‘जेलभित्र छिराउन सक्ने अवस्थानै नभएपछि गिरीलाई सप्तरी कारागार पठाइएको छ ।’ भने,‘कैदीहरूले उनलाई इन्ट्री नदिइयोस् भनेर निरन्तर आन्दोलन गरेपछि उता पठाइएको होे ।’

कारागार व्यवस्थापन विभागले गिरीलाई गते डिल्लिबजार कारागारबाट भदौ १७ गते नै सरूवा गरेको थियो । सरूवालगत्तै विरोध सुरू भएपछि विभागले उक्त निर्णय कार्यान्वयन गरेको थिएन ।

मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो ।सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो । सोहि मुद्धामा गिरी जेलमा छन् । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको छ ।

सम्बन्धित समाचार

‘कोरोना भाइरस हावाबाट फैलिने’ प्रमाण डब्लूएचओले स्वीकार्‍याे

काठमाडाैं, २४ असार-कोरोना भाइरस ‘हावाबाट फैलिने’ प्रमाण फेला परेको छ । यस्तो प्रमाण भेटिएको कुरा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) स्वीकार गरेको छ ।यसअघि वैज्ञानिकहरूको समूहले डब्लूएसओलाई पत्र पठाउँदै आफ्नो विद्यमान दिशानिर्देशमा सुधार गर्न अपिल गरेको...

आरडीटी पोजेटिभ देखिएकी युवतीका आफन्तको पनि काेराेना परीक्षण

डडेल्धुरा, १० वैशाख-डडेल्धुरा बसेर अछाम गएकी युवतीमा आरडीटी पोजेटिभ देखिएपछि उनका आफन्तको कारोना परीक्षण गरिने भएको छ। अछामको वान्नीगढी जयगढ गाँउपालिका–३ मा २० वर्षीया युवतीको आरडीटी पोजेटिभ देखिएको थियो । ती युवती डडेल्धुराको अमरगढी नगरपालिका– ६...

वडा स्तरीय फुटबल प्रतियोगिता सुरु, आयोजक विराटनगर १५ सेमिफाइनलमा

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । विराटनगर महागनरपालिका वडा नं. १५ को आयोजना र मिल्स भेट्रान क्लबको संयोजनमा शनिबारदेखि वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो । विराटनगर जुटमिलको...

कांग्रेस नेता कोइरालाले बालकोट पुगेर ओलीलाई भेटे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गरेका छन् । नेता कोइराला मंगलबार ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल...

विराटनगरको फ्रेन्स होटलमा रतुवामाइका ब्यापारीको शव भेटियो, छानविन गर्न परिवारको माग

विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष...

हिमालय दर्शन कलेजको पुल पार्टी, विद्यार्थीले गरे रमाईलो

विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले...

सुनसरीमा बुधबार ६७ संक्रमित थपिए

विराटनगर, १७ भदौ–सुनसरीमा बुधबार अहिलेसम्मकै धेरै ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ५६ जनामा कोरोना संक्रमण देखिएको सुनसरीमा बुधबार ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । स्वास्थ्य...

आरडीटीबाट ८ सय २६ जनाको परिक्षण

विराटनगर, बैशाख ४-प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्