रतुवामाईमा जुवा खालबाट कांग्रेस नेता दिपक श्रेष्ठसहित एक दर्जन जुवाडे पक्राउ

 न्यूज विराट
रतुवामाईमा जुवा खालबाट कांग्रेस नेता दिपक श्रेष्ठसहित एक दर्जन जुवाडे पक्राउ

विराटनगर, ८ कात्तिक । मोरङको रतुवामाई नगरपालिकाबाट नेपाली कांग्रेसका स्थानीय नेतासहित एक दर्जन जुवाडे पक्राउ परेका छन् ।

गत कात्तिक ४ गते सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै जुवा खालमा जुवा खेलीरहेको अवस्थामा कांग्रेसका स्थानीय नेता दिपक श्रेष्ठसहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको टोलीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–१० सोमबारेका टेबहादुर श्रेष्ठका छोरा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधिसमेत रहेका दिपक श्रेष्ठ सहितका जुवाडे रहेका छन् ।

त्यस्तै पक्राउ पर्ने अन्य जुवाडेहरुमा केदार नेपालीका छोरा शान्तिराम नेपाली, रतुवामाई–९ का दुर्गाबहादुर बिष्ट, उर्लाबारी ९ राजघाटका २७ वर्षीय भुषण लिम्बु, रतुवामाई–९ का बलबहादुर गौतम, रतुवामाई–८ का विनोद खत्री, उर्लाबारी–९ का डम्बर लिम्बु, सोही ठाउँका युवराज अधिकारी, निर्मल प्रसाई, रतुवामाई–१० का हर्क बहादुर थापा, सोही ठाउँका दुर्गाबगहादुर श्रेष्ठ र रतुवामाई–९ का सुरेन्द्र भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार

सौगात सहकारीको १४ औं साधरणसभा सम्पन्न

विराटनगर । विराटनगर १३ मा रहेको सौगात बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक साधरण सभा सम्पन्न भएको हो । सहकारीमा...

एमाले कार्यदलमा एकताको ‘सहमति’

काठमाडौैं, २५ असार । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने...

टी – २० क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै...

जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने

जनकपुर, २३ जेठ-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कमर्स जनकपुरधामका...

कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा घातक

एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...

जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं, ७ साउन । जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा एस्ट्राजेनेका खोप दिएको हो । जापानले दिने तय भएको १६ लाख १४ हजार ७४० लाख डोज खोपको अन्तिम लट...

परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, साउन १९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ, मुख्यमन्त्री...

शसस्त्र प्रहरीलाई गोताखोर तालिम सुरु

विराटनगर । कोशी प्रदेशमा शसस्त्र प्रहरीका लागि गोताखोर तालिम सुरु भएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कोशी प्रदेशका प्रमुख सचिव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्