बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

 न्यूज विराट
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडी, ६ कात्तिक-बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिनुभयो ।
यस्तै २१ हजार ५४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । छदेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
जसका लागि केन्द्रमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।
स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।
वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य कार्यालयको आग्रह रहेको छ ।

सम्बन्धित समाचार

सत्ता र प्रतिपक्षद्धारा संयुक्तरुपमा संसदमा संकल्प प्रस्ताव दर्ता गर्नुपर्छ : डा. शेखर कोइराला

विराटनगर, बैशाख ३१–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद समाधान गर्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा संयुक्त संकल्प प्रस्ताव पेश गर्नु आवश्यक रहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै...

विराटनगरको अरनीको कलेजलाई शिक्षा सेवा सम्मान

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी अभिभाव र विद्यार्थीको रोजाइमा पर्दै आएको विराटनगरस्थित अरनीको कलेजलाई फोकस नेपाल संस्थाले शिक्षा सेवा सम्मान २०८० बाट सम्मानित गरेको छ । काठमाण्डौमा फोकस नेपाल संस्थाले शनिबार एक कार्यक्रमका विच...

ऋचा मेमोरियल टी–२० क्रिकेट : सुदुरपश्चिमलाई हराउँदै नेपाल पुलिसको लगातार दोस्रो जित

विराटनगर । नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले निराश बनाउँदै सानदार जित हात पारेको हो । सुदुरपश्चिमको लगातार...

कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू, ‘प्रत्येक व्यक्ति सचेत भए मात्र दुर्घटना न्यूनिकरण’

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरू भएको हो । उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका...

तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

विराटनगर, १२ असार । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६...

मुख्यमन्त्री राईसँग मन्त्रीहरूको कार्यसम्पाद सम्झौता

विराटनगर,  १६ असोज-प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...

कोरोना राहत कोषमा कुन्दनले सहयोग गरे विवाह खर्चवापतको रकम

काठमाडौं, १५ वैशाख-नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्चबापतको रकम ‘कोभिड-१९ प्रधानमन्त्री राहत कोष’मा जम्मा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड- १९ प्रधानमन्त्री राहत कोष’मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्