विराटनगरका अधिकांश क्षेत्र डुबानमा, विमानस्थल जलमग्न

 न्यूज विराट
विराटनगरका अधिकांश क्षेत्र डुबानमा, विमानस्थल जलमग्न

विराटनगर, ३ कात्तिक । अविरल वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । मोरङका विभिन्न खोला वस्तीमा पस्दा सयौं घरपरिवार विस्थापित भएका छन् ।

विराटनगरस्थित विमानस्थलमा बाढी पस्दा हवाई उडानसमेत अवरुद्ध भएको छ । अविरल वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएको छ । विमानस्थल जलमग्न भएको छ । विमानस्थल अवरुद्ध भएपछि काठमाडौं जाने यात्रुहरु अलपत्र परेका थिए ।

गन्तव्यसम्म नपुगिने विराटनगर विमानस्थलबाट घर फर्केको हवाई यात्रु प्रशान्त उप्रेती बताउछन् । उनले विमानस्थल बाढीका कारण अवरुद्ध भएको कुनै सूचना नपाएको गुनासो गरे ।

कात्तिक महिनामा परेको पानीले बाढी नआउने अड्कल काटेका सर्वसाधारणको अनुमान विपरीतको अवस्था सिर्जना भएपछि अवस्था भयावह भएको हो । घर र मालसामान खोलामा बगे पनि सम्बन्धित निकायहरुले पीडितको विषयमा तत्काल चासो नलिएको भन्दै पीडित सुरेश कामतले आक्रोश ब्यक्त गरेका छन् ।

गाउँ डुबान हुँदासमेत स्थानीय सरकार बेखबर रहेको उहाँले गुनासो गर्नु भयो । विराटनगरसँग जोडीएको कटहरी गाउँपालिका वडा नं ३ कटहरी, वडा नंः ४ नयाँवजार, वडा नंः ६ थलाहा, करसिया र वडा नंः ७ हुरहुरीया लगायतका ठाउँहरुमा डुबान भएको छ भने विराटनगर विमानस्थल लगायत नगरक्षेत्रभित्र डुबान भएको छ ।

डुवानका कारण विराटनगरदेखि पूर्व रंगेली जाने सडक अवरुद्ध भएको छ । सडकमा भएको अवरुद्ध हटाउन सुरक्षाकर्मी लगायत स्थानीय जुटेका थिए । लोहन्द्रा खोलाको पानिको वहाव बढी भएकाले बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय मोरङका मोरङका प्रमुख चन्द्रबहादुर खड्काको भनाइ छ । पुल साँघुरो भएका कारण पानीको वहाव घटैसँगै सडकमा भएको अवरोध हटेको उनले बताए ।

सम्बन्धित समाचार

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ ।महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले...

कोटेश्वरमा ओली-नेपाल सामूहिक बैठक

काठमाडौं, १५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अहिले एकएक्लै र सामूहिक छलफल जारी रहेका छन् । आज बिहान बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

प्रथम पालिका स्तरीय अध्यक्ष कपको उपाधि मोरङ पुलिसलाई

विराटनगर । मोरङको कटहरीमा भएको प्रथम पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि मोरङ प्रहरीले जितेको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान शनिबार सम्पन्न भएको फाइलनमा घरेलु टिम कटहरी ५ लाई १–० गोलले हराउँदै मोरङ...

महिलाले शव बोकेर घाटसम्म पु¥याए

तनहुँ ६ कात्तिक-छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६...

मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...

गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य

विराटनगर । विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र बुढीगंगा गाउँपालिका – १ पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सहकार्य भएको छ ।अब दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी...

पशुपति गौशाला भत्काउन दिदैनौं : शंकरचार्य हेमानन्त गिरी

विराटनगर । प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्त गिरीले पशुपतिस्थित गौशाला र धर्मशाला भत्काउन नदिने बताएकी छिन् । पशुपति क्षेत्र विकास कोषले गौशाला र धर्मशाला भत्काउने प्रयास गरे देशभरीका इन्दुधर्मलम्बीहरू आन्दोलनमा उत्रिने उनले विराटनगरमा पत्रकार सम्मेलन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्