हत्याको १९ वर्षपछि भारतीय ‘बाबा’ रामरहिमलाई जन्मकैदको सजाय

 न्यूज विराट
हत्याको १९ वर्षपछि भारतीय ‘बाबा’ रामरहिमलाई जन्मकैदको सजाय

एजेन्सी, १ कात्तिक ।सन्यासीको भेषमा अपराध लुकाउँदै आएका भारतीय ‘बाबा’ रामसहित सिंहलाई जन्मकैदको सजाय भएको छ ।

सोमबार भारतको पञ्चकुल विशेष अदालतले उनीसहित पाँच जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

यी पाँचजनाले रञ्जित सिंहको हत्याको गरेको अदालतले ठहर गरेको हो । रामरहिम प्रमुख रहेको डेरा सच्चा सौदामा रञ्जित मेनेजरको रुपमा कार्यरत थिए ।

रामरहिम बाहेक सजाय पाउनेमा अवतार सिंह, कृष्ण लाल, जसबीर सिंह र सब्दिल सिंह छन् । अर्का आरोपी इन्दर सेनको भने मृत्यु भैसकेको छ ।

अदालतले रामरहिमलाई ३१ लाख बिगो रकम समेत तिर्नुपर्ने अदालतले ठहर गरेको छ । यस्तै सब्दिलले डेढ लाख, जसवीर र कृष्णले समान १ लाख २५ हजार र अवतारले ७५ हजार बिगो तिर्नुपर्ने अदालतको निर्णय छ ।

सो बिगो रकमको ५० प्रतिशत भने पीडितका परिवारले पाउने छन् ।

रामरहिम हाल रोहातकस्थित सुनारिया जेलमा बलात्कारको अभियोगमा सजाय काटिरहेका छन् । उनले सन् २०१७ मा दुई चेलीलाई बलात्कार गरेको पुष्टि भइ जेल परेका हुन् ।

यसअघि पनि रामरहिमलाई पत्रकार रामचन्दर छत्रपतिको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइ सकिएको छ । (टाइस्म अफ इन्डियाको सहयोगमा)

सम्बन्धित समाचार

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन...

बालुवाटारमा ओली, प्रचण्ड र झलनाथ खनालबीच छलफल

काठमाडौं, १८ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी वरिष्ठ नेता झलनाथ खनालबीच छलफल सुरु भएको छ । उनीहरूबीच आज बिहान १०ः१५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको...

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडौँ, २३ कात्तिक-राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ । नेकपा (एमाले)का...

मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए

हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल...

राष्ट्रसंघका अधिकारी कारमै यौन सम्बन्धमा मस्त, भिडियो बन्यो भाइरल

एजेन्सी, असार १३-इजरायलमा तैनाथ रहेका संयुक्त राष्ट्रसंघका एक अधिकारीले कारमा नै यौन सम्बन्धराखेको भिडियो भाइरल बनेको छ । यो भिडियो बाहिर आएपछि संयुक्त राष्ट्रसंघले ती अधिकारीमाथि कडा कारबाही गर्ने विश्वास दिलाइको छ । साथै राष्ट्रसंघले...

विराटनगरको पोखरीया स्कुललाई ‘एजुकेसन अवार्ड’

विराटनगर । देशभरका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा निकालेर चर्चामा रहेको विराटनगरको पोखरिया माध्यमिक विद्यालयले प्लस टुतर्फ राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेका परीक्षामा पनि उत्कृष्ट नजिता हाँसिल गरेको भन्दै सम्मानित भएको छ । मंगलबार काठमाडौंमा आयोजित...

बराक ओबामासहित प्रतिष्ठित व्यक्तिको एकाउन्ट ह्याकिङको अनुसन्धान गर्दै ट्विटर

एजेन्सी, साउन १-विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्