कंकालिनी भगवती मन्दिरमा सात सय ४४ राँगा बलि

 न्यूज विराट
कंकालिनी भगवती मन्दिरमा सात सय ४४ राँगा बलि

राजविराज, २९ असोज-बडादशैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा सात सय ४४ वटा राँगाको बलि चढाइएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन बिहीबार सात सय ४४ राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले जनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण राँगा बलिमा कमी आएको भएपनि यसवर्ष भने बढी नै बलि प्रदान गरिएको जनाइएको छ । मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्धारा सबैभन्दा पहिला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भलुवा निवासी जगदिश यादवको राँगा बलि प्रदान गरिएको थियो ।

त्यसपछि बलि दिन ल्याइएका भक्तजनका राँगा पालैपालो बलि चढाइएको थियो । बिहीबार बिहान ११ बजेर ३० मिनेटबाट सुरु भएको बलि साँझ ८ बजे सम्पन्न भएको थियो । कंकालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवी सम्म करिब २० हजारको हाराहरीमा खसीबोकाको बलि दिइएको थियो ।

आफनो मनोकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि चढाउन भक्तजनहरु आएका पण्डित मिरकुञ्जय झाले बताउनुभयो । गत वर्ष कंकालिनी भगवती मन्दिरमा तीन.सय ८५ वटा राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएको थियो ।

अघिल्ला वर्षमा कोरोनाको महामारीका कारण नेपाल–भारत सीमा नाका बन्द हुँदा त्यहाँका भक्तजनहरु आउन नसकेकाले यस पटक धेरै भक्तजनहरु आएका थिए । गत वर्ष सप्तरी जिल्लासहित देशैभरि कोरोना माहामारीको प्रभाव परेको थियो । कोरोनाका कारण दशैँमा जिल्लाको कंकालिनी भगवती र छिन्नमस्ता भगवतीसहित विभिन्न ठाउँमा मेला समेत लागेको थिएन ।

यसैबीच यस कंकालिनी मन्दिरमा बडादशैँको महानवीमीका दिन ठूलो मेला पनि लाग्ने गर्दछ । यस वर्ष कोभिड महामारीको कमीले गर्दा नेपाल–भारत सीमा नाका खुल्ला भएका कारण मेला भर्न हजारौँ मानिस अएका थिए ।

नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी, मोरङ, झापा र छिमेकी राष्ट्र भारतको बिहार राज्यको सुपोल, मधुवनी अररिया लगायतका ठाउँबाट यहाँ दर्शनार्थीहरु आउने गरेका छन् ।

त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ । त्यहाँ पनि घटस्थापनादेखि महानवमीसम्म मेला लागेको थियो ।

 

सम्बन्धित समाचार

नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार...

प्रचण्डकी छोरीलाई भोट हाल्दैनौं:कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले भरतपुरमा माओवादीलाई मेयर छाड्ने सहमति नभएको प्रष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा चितवन कांग्रेसले माओवादीलाई मेयर छाडेको भन्ने भ्रामक समाचार आएको भन्दै उनले भनेका...

आज विराटनगरमा १३७ कोरोना संक्रमित थपिए

विराटनगर २ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

किड्स भिलेजमा अक्षरारम्भ, ३२ जना नयाँ विद्यार्थी भर्ना

विराटनगर । विराटनगर ५ स्थित किड्स भिलेज स्कुलले सरस्वती पूजामा अक्षरारम्भ कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बालबालीकाहरुलाई अक्षरारम्भ गराउनुका साथै शैक्षिक सत्र २०७९/ ०८० का लागि कक्षा प्ले ग्राउड र नर्सरीमा नयाँ विद्यार्थीहरूको भर्ना...

भारतमा कोरोना : एकै दिनमा करिब १० हजार संक्रमित, २७९ को मृत्यु

एजेन्सी, जेठ २८-भारतमा कोरोनाभाइरसका कारण एकै दिनमा झण्डै १० हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै...

प्रदेश १ मा २३ संक्रमित थपिए

विराटनगर, १२ साउन–प्रदेश १ मा आज २३ जना कोरोना संक्रमितथपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष,...

भाइटीकाको उत्तम साइत ११:३७ बजे

काठमाडौं, २३ कात्तिक-नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको...

अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले गरे मनोरञ्जन

विराटनगर । विश्व अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले मनोरञ्जन गरेका छन् । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उनीहरुलाई रवि शंकर विद्या मन्दिरमा लगेर मनोरञ्जन गराएको हो । सो अवसरमा उनीहरुले उक्त विद्यालयमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्