नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

 न्यूज विराट
नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, २७ असोज-बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ ।
अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।
चौथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरियो । यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकै दिन पूजा आराधना गनुपर्ने अवस्था आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
सातौँ दिन मङ्गलबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । यसै दिन दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो । आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रको सातौँ दिनपछि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड लागेको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम भएकाले शक्तिपीठ खुला गरिएको छ । गत वर्ष बडादसैँमा शक्तिपीठ बन्द गरी घर घरमै पूजा आराधना गर्न सरकारले अनुरोध गरेको थियो ।
भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गरिएको छ । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठ मन्दिर जाने, खानपिन गरी दसैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

सम्बन्धित समाचार

साेमबार पुनः १३ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या १ सय ३४

काठमाडाैं, २९ वैशाख-साेमबार पुनः १३ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा कपिलवस्तुका ६, रूपन्देही ६ र बर्दियामा १ जना गरी १३ जनामा काेभिड-१९ काे संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले...

सच्चा समाजसेवीले केही पनि लिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, ६ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । ४१ औँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने...

मोरङमा १०० सहित प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमित थपिए

विराटनगर, २३ साउन । प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास...

दुरुत्साहन मुद्धामा प्रहरी जवान पुर्पक्षका लागि थुनामा

बागलुङ, १० जेठ-बागलुङ नगरपालिका-२ माझकोट आनन्द चौपारीस्थित डेरागरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत बागलुङले प्रहरी जवान राकेश दवाडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहस सकिएपछि...

मोरङ उद्योग व्यापार संघका अध्यक्षमा राठी, महासचिबमा सञ्जय श्रेष्ठ

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् ।संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् ।संघमा...

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डिएसपी मुकारुङ बने साउन महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर, ४ भदौ । जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर RIT शाखामा कार्यरत प्रहरी जवान टिकाराम खापुङ साउन...

ओलीको अनुपस्थितिमै नेकपा स्थायी कमिटी बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मां ओली भने बैठकमा आइपुगेका छैनन् । ओलीको अनुपस्थितिमै बैठक सुरु भएको कार्यालय सचिव ईश्वरी...

कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’ फेला

धरान, माघ १७–चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५ सय २६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्