दसैँका लागि हिमालपारिकाे जिल्लाबाट निकालिए १२ हजार भेडा-च्याङ्ग्रा

 न्यूज विराट
दसैँका लागि हिमालपारिकाे जिल्लाबाट निकालिए १२ हजार भेडा-च्याङ्ग्रा

दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए ।

निकासी भएका सबै भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । ‘स्वास्थ्य परीक्षणमा जम्मा ३ हजार ५६० पुगेको छ, व्यापारीले सङ्ख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका छन्‘, उनले भने ।

पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ रुपयाँ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मात्रै सङ्ख्या टिपाउने गरेको पाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले थासाङ गाउँपालिका, बङ्गुर जोन र धवलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकसँग समन्वय गरेर भेडाच्याङ्गाको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो ।

कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्ग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएका छन् । यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नभएका र मुस्ताङका घुम्ती गोठ तथा खोरपाले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीले मूल्य बढाएका छन् ।

गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा पाँचदेखि १० हजार रुपयाँसम्म मूल्य बढेको व्यापारीले बताएका छन् । जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा पाँचदेखि ११ हजार रुपयाँसम्म मूल्य बढी तिर्नुपरेको बताए ।

‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजार रुपयाँसम्ममा खरिद गथ्र्यौँ, यस वर्ष ३५ हजार रुपयाँसम्म परेको छ । पोखरासम्म पु¥याएर बिक्री गर्दा ४० हजार रुपयाँसम्ममा बिक्री गर्ने हो‘, ठकुरीले भने । यस वर्ष डोल्पाबाट आएका ४ हजार र बाँकी ८ हजार भेडाच्याङ्ग्रा मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायत स्थानका किसानले पालेका भेडाच्याङग्रा बजारमा भित्र्याइएको छ ।

म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायत क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्रा बजारमा ल्याइसकेका छन् । बजारमा रोजा भेडाच्याङ्ग्रालाई ४५ हजार रुपयाँसम्म पर्ने गरेको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडा–च्याङ्ग्राको माग बढी हुने गर्दछ ।

सम्बन्धित समाचार

शव ल्याउन श्री एयरलाइन्सको विमान ट्युनेशियातर्फ

काठमाडौं, ८ वैशाख-निजी क्षेत्रको श्री एयर लाइन्स टियनेशियाको लागि चार्टर उडान गरेको छ । नेपाल आर्मी र युनाइटेड नेशनले चार्टर गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार बिहान ६ बजे उडान गरेको एयर शुक्रबार...

विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थी दले कालोमोसो

विराटनगर, ३० पुस । विराटनगरको नोबेल र काठमाडौंको केएमसी मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थीहरूले कालोमोसो दलेका छन् । केएमसी कलेजका विद्यार्थीहरूले कलेजका सञ्चालक शर्मालाई कालोमोसो दलेका हुन् । शुक्रबार केएमसीको शुल्क विवादबारे सिंहदरबारमा छलफल...

आफूखुसी चार्टर उडान नगर्न क्यानको निर्देशन

काठमाडौं, २५ जेठ-नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुसी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुसी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।...

एनसीडिएको ५२ औं स्थापना दिवसको दोस्रो दिन, विराटनगरको हिमालय दर्शन कलेजका विद्यार्थीलाई सचेतना

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) को ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन विराटनगरस्थित हिमालय दर्शन कलेजमा लागुऔषध तथा मनोदीपक औषधिसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कलेज परिसरमा बिहीबार हिमालय दर्शन...

भारतीय विदेश सचिवको सुरक्षाका लागि चारवटै निकायका सुरक्षाकर्मी परिचालन

काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् । काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई...

रोटरी क्बल विराटनगरको भव्य पदस्थापन, अध्यक्षमा मनोज विक्रम शाह

विराटनगर । रोटरी क्लव विराटनगरको ४८ औं पदस्थापन कार्यक्रम भएको छ । विराटनगरमा शनिबार साझ पदस्थापन कार्यक्रम भएको हो ।सन २०२४– २०२५ को लागि रोटरी क्लव विराटनगरको अध्यक्षमा युवा उद्योगी मनोजविक्रम शाह चयन भएका छन्...

साेमबार पुनः १३ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या १ सय ३४

काठमाडाैं, २९ वैशाख-साेमबार पुनः १३ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा कपिलवस्तुका ६, रूपन्देही ६ र बर्दियामा १ जना गरी १३ जनामा काेभिड-१९ काे संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले...

सुख दुःखमा जीवन विकासको साथ

विराटनगर । बिहीबार दिउँसो ग्रामथान गाउँपालिका–२ खङ्गरिया झोडाकी यारुना कुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तिय संस्था झोराहाट शाखाकी प्रमुख सृजना खवास सहयोगी कर्मचारीसहित झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् । उनलाई हर्लिक्स,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्