कांग्रेसका तीन नेताको बैठक : सरकार विस्तार नगरेकोमा सभापतिको आलोचना, ध्यानाकर्षण गराउने निर्णय

 न्यूज विराट
कांग्रेसका तीन नेताको बैठक : सरकार विस्तार नगरेकोमा सभापतिको आलोचना, ध्यानाकर्षण गराउने निर्णय

नेपाली कांग्रेसका शीर्ष तीन नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निर्णय गरेका छन् ।

नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहको बैठकले सरकार विस्तार नगरेकोप्रति सभापतिको आलोचना गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि दबाब दिने निर्णय गरेको हो ।

बानेश्वरस्थित निधि निवासमा बसेको तीन नेताहरूको बैठकले मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुँदा पार्टीको बदनाम भएको भन्दै तत्काल सरकार विस्तारका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

‘दुई महिनासम्म सरकार विस्तार नहुँदा जुन किसिमले पार्टीको छविमा प्रश्न उठिरहेको छ, यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । प्रधानमन्‍त्री समेत रहनुभएका सभापतिले निकै ढिला गरिसक्नुभयो । अब तत्काल मन्त्रिपरिषद् विस्तार हुनुपर्छ भन्ने हाम्रो सामूहिक धारणा छ, ‘उनले भने ।

सरकार विस्तार नहुँदा कांग्रेस र गठबन्धन सरकारमाथि विश्वसनीयताको प्रश्न उठेकाले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न सभापतिलाई ध्यानाकर्षण गराउने निर्णय भएको उपसभापति निधिले बताए । ‘हाम्रै पार्टीका नेता शेरबहादुरजीको नेतृत्वमा सरकार छ। तर अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता प्राप्त गर्न सकेको छैन । आज ८२/८३ दिन भइसक्यो सरकार गठन भएको, त्यो ज्यादै ढिला भयो। यति ढिलो हुनु हुँदैन भनेर हामीले चिन्ता व्यक्त गरेका छौँ,’ निधिले भने ।

सरकार विस्तारमा ढिलाई हुँदा गठबन्धन र कांग्रेसप्रति नकारात्मक मानसिकता विकसित भइरहेकाले त्यसप्रति तीनै नेता चिन्तित रहेको उनको भनाई छ । ‘ढिलाइको कारणले जनतामा  गठबन्धन र सरकारको कार्य प्रणाली र विश्वसनीयतामाथि नै टिकाटिप्पणी हुन थालेको छ। यसमा हामीले चिन्ता व्यक्त गर्‍यौँ,’ निधिले भने ।

गठबन्धनका दलहरूबीच मन्त्रालय र संख्यामा भागबण्डा नमिल्दा अढाइ महिनासम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनको कार्यदलले स्रोत साधन बढी भएका मन्त्रालयको समान वितरण, संसदमा कायम रहेको संख्याका आधारमा मन्त्रीको संख्या दिने मापदण्ड तयार गरेको छ । तर मन्त्रालयको भागबण्डा मिलाउनका निम्ति सत्ता गठबन्धनको बैठक बस्न सकेको छैन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य स्थितिको कारण देखाउँदै बैठक बस्न नसकेको हो । नेता नेपाल त्रिवि शिक्षण अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।

कांग्रेसका तीन नेताहरूले चार जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद छिटो टुंगो लगाएर वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि सभापति  देउवाको ध्यानाकर्षण गराएका छन् ।

बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउन बाँकी छ । यस्तै नेताहरूले १४ औं महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा समेत छलफल गरेको निधिले बताए ।  ‘१४ औं महाधिवेशनमा हामीले पदाधिकारीहरूको उम्मेदवारी बारेमा साझा धारणा बनाउने, साझा उम्मेदवारी बनाउने बारेमा पनि छलफल गर्यौँ  यो छलफल आगामी दिनमा पनि जारी राख्छौं ।’

कांग्रेसको १४ औँ महाधिवेशनका निम्ति कोइराला, निधि र सिंह तीनै जनताले सभापतिमा उठ्ने बताइरहेका छन् ।

सम्बन्धित समाचार

नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाद्वारा महावीर पुनलाई सम्मान

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बुधबार विराटनगरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रख्यात आविष्कारक महावीर पुनलाई सम्मान गरेको छ।वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक रकम जुटाउन आफ्नो...

राष्ट्रिय अनुसन्धान परिषद र मनमोहन प्राविधिक विश्वविद्यालयबिच सम्झौता

विराटनगर, २७ असोज–मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्वीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको...

कोरोनाबाट उपत्यकामा ५ सहित थप १४ जनाको निधन

काठमाडौं, २७ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा तीन महिला र ११ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।  मन्त्रालयका अनुसार...

मतान्तर बढाउदैं अमनलाल मोदी

विराटनगर । माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले ५ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले ४...

विराटनगरबाट भन्सार छली गरेको आशङ्कामा २१ लाखको सामान बोकेको ट्याक्टर नियन्त्रणमा

विराटनगर ।  विराटनगर भन्सारबाट जाँच पास भएर निस्किएको करिब २१ लाखको सामान बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले मङ्गलवार दिउँसो विराटनगरको रोड शेष चौकबाट गिजर र खाद्य पूरक सामाग्री बोकेको...

सुशान्तका बुबाले हाले रियाविरुद्ध मुद्दा

एजेन्सी, साउन १४-अभिनेता सुशान्तसिंह राजपुतका बुबा केक सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दर्ता गरेका छन् । सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहित गरेको भन्दै केकले पटना प्रहरीमा रियाविरुद्ध मुद्दा दर्ता गरेका हुन् । आत्महत्या गर्नुभन्दा केही...

प्रदेश १ मा थप ७ जना संक्रमितको मृत्यु

विराटनगर, २९ असोज–प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार र विराटनगरमा तीन कोरोना संक्रमितको मृत्यु भएको हो ।  धारास्थित बीपी कोइराला स्वास्थ्य...

पीसीआर परीक्षणको मूल्य समायोजन

काठमाडौं, १५ भदौ-सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार समायोजन भएको मूल्यअनुसार अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्