विराटनगरको रानी नाका आजदेखि खुला

 न्यूज विराट
विराटनगरको रानी नाका आजदेखि खुला

बिराटनगर, १६ असोज । विराटनगरको रानी नाका शनिबारदेखि आधिकारीक रुपमा खुला भएको छ । लामो समय बन्द रहेको सो नाका शनिबारदेखि पूर्णरुपमा खुल्ला भएको हो ।

असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिमाना खोल्ने निर्णय अनुसार रानी–जोगवनी नाका पनि खुला गरी कार्यन्वयन भएको हो । आवतजावत भइरहेपनि औपचारिक रुपमा मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरेपछि नाका खुला भएको हो ।

भारतसँग जोडिएका सवै सीमा नाका खुला भए सँगै जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा विराटनगर भन्सार कार्यालय र सशस्त्र प्रहरी सँग समन्वय गरी रानी नाका पनि आधिकारीक रुपमा खुला गरिएको हो ।

यस अघि पैदल यात्रिका लागि मात्र ओहरदोहर खुला गरिएकोमा शनिबार देखि यातायातका साधन पनि ओहर दोहर गर्न पाउने भएका छन् । भारतबाट आउने दुई पाङ्ग्रे चार पाङ्ग्रे सवारी साधन विरटनगर बजार सम्म सुविधा रसीद लिएर जान पाउने भएका छन् ।

त्यस्तै विराटनगर बाहिर जानका लागि प्रज्ञापनपत्र भरेर राजस्व बुझाई यातायातका साधन नेपाल प्रवेश पाउने भएका छन् । नाका खुला भएपनि भारत बाट आउने व्यक्तिहरूले आवश्यक सुरक्षा मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

सम्बन्धित समाचार

राष्ट्रिय टी–२० क्रिकेटको उपाधि आर्मीलाई

विराटनगर । प्रथम कोशी प्रदेश टी–२० क्रिकेट प्रतियोगिताकोे उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ ।आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उक्त उपाधि जितेको हो । उपाधीसँगै आर्मीले नगद...

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : कमल थापा

काठमाडौं, २७ पुृस-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा...

४ जना कोरोना संक्रमित निको भएर घर फर्किए : स्वास्थ्य मन्त्रालय

नेपालका कोरोना भाइरस उपचार पछि निको भएर ४ जना संक्रमित घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा कोरोना संक्रमित ४ जना निको भएर घर फर्किएको बताइएको हो । आइतबार १ जना...

विराटनगरमा ‘सुन्ने कि थुन्ने बहस’ : निजी क्षेत्र हतोत्साहित बनाउने कानुन संशोधनको माग

विराटनगर । पछिल्लो समय उद्योगी व्यवसायीका कुरै नसुनी कसुर पुष्टि नभई राज्यले उद्योगी व्यवसायीलाई पक्राउ गरेर हतोत्साहित गरेको भन्दै सुनसरी–मोरङ औद्योगिक क्षेत्रका सरोकारवालाले चिन्ता जनाएका छन् । उद्योग संगठन मोरङले ‘सुन्ने कि थुन्ने’ आर्थिक बहसमा उनीहरुले...

विराटनगरमा गुरूङ सामुदायको सदभावपूर्ण म्याराथन दौड

विराटनगर । तुम लोसार २०१८ को अवसर पारेर विराटनगरमा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको आयोजनामा विराटनगरमा शनिबार विहान उक्त प्रतियोगिता आयोजना गरिएको हो...

मोरङ ५(२) मा कांग्रेसका अमृत आर्याल निर्वाचित

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा : ४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षको पालो

४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षका अधिवक्ताले बहस गर्ने पालो आएको छ । सरकारी पक्षले यसअघि २९ पुस र २ माघमा बहसको पालो पाएका थिए । त्यो बहस पनि ‘प्रतिनिधिसभा विघटन संवैधानिक हो कि होइन’...

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन निजामति कर्मचारी संगठनको माग

विराटनगर, साउन २–नेपाल निजामति कर्मचारी संगठनले कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्