विद्यालयमा पढाउन छाडेर कटहरीका एक शिक्षक कांग्रेसको महाधिवेशनमा व्यस्त, क्षेत्रीय प्रतिनिधिमा उठेर पराजित

 न्यूज विराट
विद्यालयमा पढाउन छाडेर कटहरीका एक शिक्षक कांग्रेसको महाधिवेशनमा व्यस्त, क्षेत्रीय प्रतिनिधिमा उठेर पराजित

विराटनगर, १२ असोज । मोरङको कटहरीमा एक शिक्षक विद्यालयमा बालबालिकालाई पढाउन छाडेर सत्तारुढ दल कांग्रेसको महाधिवेशनमा व्यस्त भएको पाइएको छ ।

कटहरी–४ खरबनास्थित श्री आधारभूत विद्यालयका शिक्षक निरज साह विद्यालय समयमा विद्यार्थीलाई पढाउन छाडेर कांग्रेसको महाधिवेशनमा व्यस्त रहेको पाइएको छ । शिक्षक साह सो विद्यालयमा कारारका शिक्षक हुँन् ।

स्रोतका अनुसार नेपाली कांग्रेसको कार्यकर्ता रहेका कारण पहुँचकै आधारमा उनि करार शिक्षकमा नियुक्त भएका थिए । तर, कांग्रेस कृयाशिल सदस्य भएकाले उनी विद्यालय समयमा विद्यार्थीलाई पढाउन छाडेर सो पार्टीको राजनीतिक गतिविधिमा संलग्न हुँदै आएको स्थानीयले बताएका छन् । ‘पढाउन छाडेर अधिकांस समय कांग्रेस पार्टीकै काममा उहाँ बढी हिँड्नुहुन्छ ।’ एक स्थानीयले भने,‘हामीले भन्दा गाउँपालिका अध्यक्ष हाम्रै पार्टीको हुनुहुन्छ, केन्द्र सरकार हाम्रै छ । मलाई कसले के गर्न सक्छ भन्दै हामीलाई उल्टै धम्क्याउनुहुन्छ ।’

शिक्षक साह जनताको करबाट तलब भत्ता लिएपनि विद्यार्थीलाई पढाउन छाडेर पार्टीको काममा व्यस्त हुँदा बालबालिकाको अध्ययनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । ‘धेरै जसो समय उहाँले पार्टीको काममा हिँडेर बालबालिको भविष्यमाथि खेलवाड गर्दै हुनुहुन्छ । राजनीति गर्ने भए कि त जागिर छाड्नु पर्यो, होइन भने विद्यालय समय बाहेक गर्नुपर्यो ।’ अर्का एक स्थानीयले भने,‘पढाउने समयमा त विद्यार्थीलाई पढाउनु पर्यो नी । होइन भने शिक्षकको के काम ? तलब मात्र खाने ?’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र ऋषिदेवले पनि शिक्षक साह विद्यार्थीलाई पढाउन भन्दा बढी पार्टीको काममै हिँड्ने गरेको बताए ।

उनले अब विद्यालय समयमा विद्यलयमा अनुपस्थित हुने शिक्षकलाई कडाई गरिने समेत बताए । शिक्षक साह केहीदिन विद्यालयमा पढाउन छाडेर अघि सम्पन्न कांग्रेसको वडा अधिवेशनमा व्यस्त थिए । उनी कांग्रेसको क्षेत्रीय प्रतिनिधिको उम्मेदवार पनि बनेका थिए । तर, साह निर्वाचनमा पराजित भएको स्थानीयले बताए ।

पढाउन छाडेर राजनीतिमा मात्र लाग्न थालेपछि उनीबाट असन्तुष्ट नेपाली कांग्रेसकै स्थानीय कृयाशिल सदस्यहरुले उनलाई चुनाब हराएको स्थानीयको भनाई छ ।

सो विद्यालयमा अधिकांश दलित समुदायका बालबालिका अध्ययनरत छन् । ८ कक्षा सम्म पढनपाठ हुने सो विद्यालयमा ५ सय २१ विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिका अध्यक्ष ऋषिदेवले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल

काठमाडौं, ७ साउन । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार परिसंघको १८औं वार्षिक साधारणभामार्फत उनी अध्यक्ष बनेका हुन् । अग्रवालले परिसंघमा परिष्ठ उपाध्यक्ष हुँदा इन्टरप्रेनर...

अमेरिकी कम्पनीले गर्‍यो अष्ट्रेलियामा कोरोनाविरुद्धको खोप परीक्षण

एजेन्सी, जेठ १४-संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा...

आयल निगमले सुरु गर्यो अनलाइन सेवा

काठमाडौं, साउन ६ । नेपाल आयल निगमले अनलाइन प्रणालीबाट सेवा सुरु गरेको छ । निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरेर आफ्ना सेवा अनलाइनबाट दिन सुरु गरेको हो । करिब तीन महिनाको परीक्षणपछि सोमबारदेखि पूर्ण...

प्याब्सन स्पोर्ट्स मिट : पहिलो दिन पूर्वाञ्चल एकाडेमीको अग्रता

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू भएको छ । नजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि औपचारिक रुपमा प्याब्सन स्र्पोटस मिट सुरु भएको हो । उक्त स्पोर्ट्स मिटको उद्घाटन...

‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – १ जमटोकी घर भएका २२ वर्षीय करण कामत हत्या भएको छ । चार जना युवाले कैची प्रहार गरेर उनको सोमबार राती हत्या गरेका हुन् । हत्या आरोपमा विराटनगर–११ घर...

कोरोनाको आशंकामा एकै दिन ३ हजार ७ सय बढीको परीक्षण, थपिएनन् संक्रमित

सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा ४७ हजार बढीको परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस संक्रमणको आशंकामा आरडीटी र पीसीआर विधिबाट ४७ हजार बढीको परीक्षण गरिएको बताए...

कवाडी गोदाममा आगलागी अपडेट : घाइते एक जनाको मृत्यु

विराटनगर । विराटनगर ७ सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको छ । मण्डलको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका डिएसपी रन्जन कुमार...

विश्वभर अक्सिजन अभाव भएको डब्लुएचओको चेतावनी

एजेन्सी, असार ११-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभरमा कोरोना संक्रमितको संख्या एक करोड हाराहारीमा पुग्न लाग्दा अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेशिन) अभाव भइरहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेससले एक पत्रकार सम्मेलनका क्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्