रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा पुस्तक हस्तान्तरण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा पुस्तक हस्तान्तरण

विराटनगर, १२ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बहुउपयोगी पुस्तकहरु हस्तान्तरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच ‘हामी युवा’ नामक सामाजिक सस्थालाई सयौँको संख्यामा पुस्तकहरु हस्तान्तरण गरेको हो ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउन र रोटरी क्लब अफ नोबेल मेडिकल कलेजले २५० वटा भन्दा बढी विभिन्न बहुउपयोगी पुस्तकहरु हस्तान्तरण ‘हामी युवा’ नामक संस्थालाई हस्तान्तरण गरेको हो ।

जिवन दर्शनदेखि विज्ञान प्रविधिसम्मका पुस्तकहरु हस्तान्तरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् ।

हामी युवा मोरङका संस्थापक सविन दाहालले रोटरी क्लब अफ विराटनगर डाउन टाउनले हस्तान्तरण गरेका पुस्तकहरुले युवाहरुको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने बताए । ‘हामी युवा’ नामक संस्था विभिन्न सामाजिक अभियानमा सकृय छ ।

क्लकी महासचिव अनिता सारडाले युवा युवतीलाई पुस्तक अध्ययन गरेर सकारात्मक सोचका साथ अगाडी बढ्ने प्रेरणा मिलोस् भनेर पुस्तक हस्तान्तरण गरिएको बताइन् । पुस्तक हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनका अधिकांस पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले कोरोना माहमारीको समयमा संक्रमणको जोखिमलाई पनि बेवास्ता गर्दै सामाजिक कार्यहरु गर्दै आएको छ । क्लबले कोरोना माहमारीको जोखिममा पनि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ ।

सम्बन्धित समाचार

आजको मौसम : देशभर बदली हुने, केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै भू-भागमा पानी पर्नेछ । आज राति प्रदेश १,...

जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् ।...

विराटनगरमा उल्लासपूर्ण होली (फोटो फिचर)

विराटनगर । विराटनगरलगायत तराईमा आज भव्य रुपमा होली पर्व मनाइएको छ । हर्षौल्लासका साथ होली पर्व मनाइएको हो । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् ।...

पीसीआर मेसिन वीरगञ्जमा जडान गर्ने तयारीसँगै मुख्यमन्त्री राउतको आलोचना

प्रदेश–२ का लागि संघीय सरकारले पठाएको कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन वीरगञ्जमा जडान गर्ने तयारी भएको छ ।यसअघि प्रादेशिक अस्पताल जनकपुरधाममा जडान हुने भनिएको सो मेसिन मुख्यमन्त्री लालबाबु राउतको दबाबमा वीरगञ्जमा जडान गर्ने तयारी...

बैंकर्स संघका अध्यक्ष दाहालप्रती पूर्वका उद्योगी व्यवसायी आक्रोशित

विराटनगर, बैशाख २१-नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उदृत गर्दै व्यवसायीले नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न भनेर विभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचारप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आपत्ति जनाएका छन ।...

चितवनमा बोरिङ खन्दा सुनजस्तै धातु देखिएपछि…

चितवन, ६ असार-चितवनको कालिका नगरपालिका-१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख...

प्रचण्डको सचिवालयले भन्यो : प्रभाकरसँग जोडेर गरिएका प्रचार भ्रामक

काठमाडौं, ८ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्‍ने कुरामा सत्य नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र शर्माबीच कुनै मतान्तर नरहेको प्रचण्डका...

थप १ जनामा कोरोना भाइरस फेला

काठमाडौं, माघ १४–कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्