देवानगञ्ज गाउँपालिकामा स्यालको आतंक

 न्यूज विराट
देवानगञ्ज गाउँपालिकामा स्यालको आतंक

सुनसरी, १२ असोज । सुनसरीको देवानगंज गाउँपालिकामा स्यालको आतंक बढेको छ । पछिल्लो समय स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घर पालुवा जनावर घाइते भएका छन् ।

पालिकाका विभिन्न स्थानमा एकासी स्यालले खेतमा काम गरिरहेका किसान, घरमा बसैका मानिसहरू, खेलिरहेका बालबालिका र गाई भैँसी र बाख्रा बाख्री माथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।

करिब ५÷६ वटा स्यालको समूहले देवानगन्ज गाउँपालिकाका वडा नम्बर १,२,३,६ र ७ साबिक मध्यहर्षाही, देवानगञ्ज, कप्तानगञ्ज, राजगञ्ज सिनुवारीका मानिस र घर पालुवा जनावर स्यालको टोकाईबाट गम्भीर घाइते भएका छन् ।

देवानगंज गाउँपालिका वडा नम्बर–७ की ७० वर्षीय मजिया देवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक स्यालले आक्रमण गरे पछि घाइते भएकीछिन् । उनको कोशी अञ्चल अस्पताल बिराटनगर उपचार भइरहेको छ । उनका छोरा रामजी मेहता (कारी) र सोही ठाउँका कालिचरण मेहता पनि स्यालको टोकाइबाट घाइते भएका थिए ।

त्यस्तै स्यालकै आक्रमणबाट वडा नम्बर ६ का भिखो मेहता पनि घाइते भएको स्थानीयले बताएका छन् । स्यालको आक्रमणबाट घरपालुवा जनावर पनि आतंकित बनेका छन् । स्थानीय रामकिसुन मेहता, दिपेन यादव, विजय मेहताका घर पालुवा जनावर गाई, भैँसी, गोरू, बाख्रालाई स्यालले टोकेर घाइते बनाएको छ ।

स्याल आतंक बढेपछि देवानगन्ज गाउँपालिका–७ का स्थानीय मुसहरू मेहताले एउटा स्याल मारेका छन् । मेहताले आफुलाई स्यालले टोक्न लागेपछि बेल्चाले हिर्काउँदा स्याल मरेको बताए ।

सम्बन्धित समाचार

रामचन्द्र पाैडेल भन्छन्, ‘सरकार अटेरी भयाे’

काठमाडाैं, १८ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका छन् । पौडेलसहित कांग्रेस नेताहरू अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका हुन्। क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर...

म्याद गुज्रिएका वस्तु विक्रिवितरणको गुनासो बढेपछी सप्तरीमा अगुगमन तिब्र

सप्तरी, बैशाख २६–म्याद गुज्रिएका तथा अखाद्य वस्तुहरु विक्रि वितरणको गुनासो बढेपछी सप्तरीमा अनुगमनले तिब्रता पाएको छ । उपभोक्ता एवम विभिन्न समाजिक संजालमा उपभोग्य समानहरुको मूल्य र गुणस्तरीताको बारेमा गुनासो बढेपछी अनुगमनले तिब्रता पाएको हो। प्रशासनको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । डाउनटाउनले आफ्नो सिर्भस प्रोजेक्ट अन्तर्गत प्रसूती र बाल स्वास्थ्य जागरूकतामा केन्द्रित कार्यक्रम आयोजना गरेको हो । सो...

हाफ म्याराथुनको उपाधि सरोज र अंशुलाई

विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् ।नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथुन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत...

डा. गोविन्द केसीको समर्थन गर्दै साझा पार्टीद्धारा विराटनगरमा प्रदर्शन

विराटनगर, २२ असोज-डा. गोविन्द केसीको मागप्रती ऐक्यवद्धता जनाउँदै साझा पार्टी विराटनगरले प्रदर्शन गरेको छ । साझा पार्टी विराटनगर महानगर कमिटीले बिहिबार विराटनगरमा डा. केसीको मागप्रति ऐक्यवद्धता जानाउँदै शान्तिपूर्ण प्रदर्शन गरेको हो । सो पार्टीले सरकारलाई...

३० दिनभित्र विश्वासको मत लिन्छु : नवनियुक्त मुख्यमन्त्री उद्धव थापा

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै सत्तारुढ गठबन्धनमा छलफल गरेर संवैधानिक व्यवस्था अनुसार तोकिएको...

वायु प्रदुषण मापन मेशिन जडान

विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको...

मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्