३३ किलो सुन काण्ड: आजदेखि अन्तिम सुनुवाई सुरु, भोलि सकिने

 न्यूज विराट
३३ किलो सुन काण्ड: आजदेखि अन्तिम सुनुवाई सुरु, भोलि सकिने

विराटनगर, १० असोज । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आजदेखि सुरू भएको छ ।

साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको यो घटनाबारे बहस सुरू भएको हो । जिल्ला अदालत मोरङले आज अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको बहस सुरू भएको जनाएको छ ।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाई न्यायाधीश भरत लम्सालको इजलासमा सुरु भएको वहस भोलिसम्म जारी रहने छ ।

उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना, रेवत भन्ने रेवन्तकुमार आचार्य, सम्बिर प्रेतोलोङसमेत २ जना तथा सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ ।
मुद्दामा सनम शाक्यका दाजु सञ्जिव शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष रहेको छ । सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय रूपैयाँ बराबरको करिब ३८ क्वीन्टल सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन् । प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जनामध्ये अधिकांश धरौटीमा छुटेका छन् ।

सम्बन्धित समाचार

५५ इलेक्टोरल मत रहेको क्यालिफोर्नियामा चुनावी नतिजा प्रमाणीकरण

एजेन्सी, २१ मंसिर-अमेरिकाको क्यालिफोर्निया राज्यमा राष्ट्रपति निर्वाचनको नतिजा प्रमाणीकरण गरिएको छ । राज्यले डेमोक्रेट प्रत्यासी जो बाइडेनको पक्षमा मतदान गर्न प्रतिबद्ध ५५ इलेक्टरको नियुक्ति गरेको हो । योसँगै बाइडेनको पक्षमा २७९ इलेक्टोरल मत औपचारिक रुपमा...

मदन जयन्तीमा कटहरीमा नेकपाको वृक्षारोपण

विराटनगर, असार १४–मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा कटहरी–५ स्थित भौँडाहामा पनि वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कटहरी गाउँ कमिटीको आयोजनामा वडा नं. ५ भौँडाहा स्थित दलित सामुदायीक भवन परिसरमा बृक्षारोपण गरिएको...

अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई सामूहिक समृद्धिका लागि निष्पक्ष बनाउनुपर्छः प्रधानमन्त्री ओली 

काठमाडौं, १६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी...

एनसीडिए मोरङको पुस २८ गते अधिवेशन, अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी पुस २८ गते हुने संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।...

सेन्टर मलको बार्षिक उत्सबमा ५० प्रतिशतसम्म छुटको बहार

विराटनगर । विराटनगरस्थित सेन्टर मलको पाँचौं बार्षिक उत्सबको अवसर पारेर छुट योजना ल्याएको छ । सेन्टर मल भित्र हरेक सामान खरिदमा छुट योजना लिएर आएको हो । सेन्टर मल भित्रको सेन्टर बजारमा खाद्यन्यमा १० प्रतिशत,...

बरिष्ठ सई राजेन्द्र कटुवाल भए भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै बरिष्ठ नायव निरीक्षक राजेन्द्र कटवाल पुरस्कृत भएका छन् । मोरङ प्रहरीमा कार्यरत कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्कृत गरेको...

गाँजासहित कटहरीबाट २ युवा पक्राउ

विराटनगर, १९ साउन-मोरङको कटहरी गाउँपालिकामा २ जना युवालाई ३ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको...

मौज्दात खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्