विराटनगर उच्च अदालत छेउमा इटा उद्योगी माथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

 न्यूज विराट
विराटनगर उच्च अदालत छेउमा इटा उद्योगी माथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

विराटनगर, १० असोज । विराटनगरमा एकजना उद्योगि माथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सुर्यविनायक नगरपालिका वडानम्बर ८ का ३२ बर्षिय कलामसिंह लामा माथि खुकुरी प्रहार भएको हो ।

आज दिउसो साढे ११ बजे विराटनगरस्थित उच्च अदालत सामुन्नेको सडकमा उनिमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट लामाको पेटको दाहिनेतर्फ र दाहिने पाखुरामा गहिरो चोट लागेको छ ।

गम्भीर घाईते भएका लामाको विराट नसिंङको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । उच्च अदालतकै दक्षिणपट्टि रहेको एकजना वकिलको कार्यालयमा पुगेर दक्षिणतर्फ जानेक्रममा उच्च अदालत परिसर अगाडि आईपुग्दा उनिमाथि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन ।

पुर्वतर्फबाट आएका अज्ञात आक्रमणकारीले लामालाई आक्रमण गरेको लामा संगै रहेका कटहरी ६ का सुभाष कुमार सरदारले बताए । खुकुरी प्रहार गरेर लामालाई लडाएपछि आक्रमणकारी उत्तरतर्फ भागेको सरदारको भनाई छ ।

लामाको साथी समेत रहेका सरदारले आक्रमणकारीलाई आफुहरुले चिन्न नसकेको समेत बताए । घाईते लामाले बितेको दुईबर्षयता कटहरी गाउँपालिकाको वडानम्बर ६ मा मोरङ राजधानी ईट्टा उद्योग संचालन गर्दै आएका छन ।

व्यापारिक लेनदेनका कारण लामामाथि आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले लामालाई खुकुरी प्रहारगर्ने विराटनगर ११ का २७ बर्षिय विमल कार्कीलाई नियन्त्रणमा लिएको बताए । यतिखेर अनुसन्धान जारी रहेकाले खुकुरी प्रहारको कारण खुल्न नसकेको उनले बताए ।

सम्बन्धित समाचार

कांग्रेसको निष्कर्ष : गठबन्धन छुटाएर भएपनि एमसीसी अनुमोदन

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।ेबिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा. शशांक...

लुकेर घर फर्कन लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बी पक्राउ

महोत्तरी, २२ वैशाख-महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बीलाई पक्राउ गरिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिम धर्मावलम्बीलाई आज बिहान नेपाल प्रहरी...

संवैधानिक नियुक्तिका विषयमा प्रतिपक्षसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, ३१ भदौ-सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ ।  प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी...

देउवालाई विश्वासको मत दिने महन्थको घोषणा

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै ठाकुरले प्रधानमन्त्री देउवालाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिए । पटक–पटक प्रधानमन्त्रीहरुलाई समर्थन गरे पनि जसपाले...

इष्टर्न कलेजमा भव्य भयो खेलकुद सप्ताह, एक दर्जन खेलकुदका कार्यक्रम

विराटनगर । विराटनगरस्थित इष्टर्न कलेजमा खेलकुद सप्ताह आयोजना गरेको छ । कलेज परिसरमा खेलकुद सप्ताह आयोजना गरेको थियो ।सप्ताह १८ चैतमा एक भव्य कार्यक्रम आयोजना गरी समापन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व...

विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ भव्यरुपमा सम्पन्न

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ भव्यरुपमा सम्पन्न भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड...

नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

धु्रवसागर शर्मा/गलेश्वर, २० असोज (रासस) : म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी...

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ज्ञापनपत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्