कलवार महासंघको साधारणसभा विराटनगरमा सुरु

 न्यूज विराट
कलवार महासंघको साधारणसभा विराटनगरमा सुरु

विराटनगर, १० असोज । कलवार समुदायको जातिय संस्था नेपाल कलवार कल्याण महासंघको सातौ केन्द्रीय वार्षिक साधारण सभा विराटनगरमा सुरु भएको छ ।

विराटनगरको रामजानकी सेवा सदनमा जारी वार्षिक साधारण सभामा देश भरिका कलवार जातिहरुको सहभागीता रहेको छ ।

कलवारहरुको हक अधिकारको लागि आवाज उठाउने उद्धेश्यका साथ स्थापना गरिएको उक्त जातीय संस्थाले राष्ट्रिय जनगणनामा सबै कलवार स्वजातिहरुले थरको पछाडी कलवार लेखाउन यसै साधारणसभाबाट आह्वान गरेको छ ।

कलवार धेरै संख्यामा हुदा पनि एउटै थर अरु जातिले लेखाउदा कलवाल नलेखिएको कारण कलवारको संख्या कम देखिएकोले थरको पछाडी कलवार लेखन आह्वान गरिएको हो ।

२०६८ को जनगणना अनुसार नेपालमा कलवारहरुको संख्या १ लाख १६ हजार ६ सय ७ रहेको छ । कार्यक्रममा महासंघका केन्द्र महासचिव महेन्द्र चौधरीले आर्थिक वर्ष २०७७/०७८ को प्रगति विवरण तथा चालू आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा कलवार जातिका देश भरिका स्वजातिहरुले विभिन्न राजनीतिक पार्टीबाट देशको संघीय ,प्रदेश र स्थानीय तहमा निर्वाचित भएकाहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

९२ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार...

हिमालय दर्शन कलेजमा शेफ प्रतियोगिता, विराट विक्टोरियाले जित्य उपाधि

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले अन्तर–कलेज शेफ प्रतियोगिता आयोजना गरेको छ ।कलेज परिसरमा शुक्रबार शेफ प्रतियोगिता गरेको हो । उक्त प्रतियोगिताको प्रथम विराट विक्टोरिया मेमोरियल स्कुल, द्धितीय सुकुना सेकेण्डरी स्कुल र तृतीय ब्राइट फ्यिूचर...

मदिरा उत्पादनका लागि खाद्यान्न बिक्री गर्न रोक

पाँचथर, ४ बैशाख-पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ । लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले गाउँपालिकाले मदिराजन्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने...

नेपाल क्रिकेट सङ्घ (क्यान) को समिति विस्तार

काठमाडौं, १६ असार-नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना ४ समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद...

कडकनाथ पालेर मनग्य आम्दानी

बनेपा, २८ असोज-व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा...

१० हजारमा खोप परीक्षणको तयारी, ४० करोड खोपका लागि सम्झौता

एजेन्सी, जेठ १०-लायतमा १० हजार मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणको तयारी सुरु भएको छ । बेलायतका वैज्ञानिकले तयार पारेको खोप अघिल्लो चरणमा प्रवेश गरेको हो  । यो सफल भएमा बेलायतमा बच्चा र वृद्धवृद्धासमेत १० हजार...

सरकारले ल्याएका अध्यादेशविरुद्ध मोर्चाबन्दी गरौँ : साझा पार्टी

राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोधमा साझा पार्टीले ‘डिजिटल अभियान’ चलाउने भएको छ । उसले सामाजिक सञ्जाललगायतबाट अध्यादेशप्रति विरोध जनाउने भएको हो । संसदभित्र र बाहिर रहेका दल, नागरिक समाज र आमसर्वसाधारण सबैलाई यस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्