विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा ८, धनकुटामा २, ओखलढुङ्गा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

झापाको कनकाईमा १४, विर्तामोडमा १२, भद्रपुरमा ११, दमकमा ९, मेचीनगरमा ८, शिवसताक्षी र बुद्धशान्तिमा ५–५, अर्जुनधारामा ३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, गौरादह र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ४०, धरानमा १६, इनरुवा र रामधुनीमा ३–३, बराहक्षेत्र, हरिनगर, दुहवी र गढीमा १–१, मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ७, बेलबारीमा ४, उर्लाबारीमा २, रंगेली, लेटाङ र बुढीगंगामा १–१, इलामको सुर्योदयमा ४, इलाम नगरपालिकामा २, मांसेबुङ र चुलाचुलीमा १–१, धनकुटाको महालक्ष्मी र पाख्रिबासमा १–१, ओखलढुङ्गाको सुनकोशी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२९ महिला र १२७ पुरुष रहेका छन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

आज २५६४ औँ बुद्ध जयन्ती, घरमै दीपावली गरेर मनाउन सरकारको आह्वान

काठमाडौं, २५ वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदै छ । ‘अहिंसा नै शान्ति र...

प्रदेश १ मा १९७ संक्रमित थपिए, १६६ डिस्चार्ज

विराटनगर, १६ असोज-प्रदेश- १ मा पछिल्लो २४ घण्टामा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर...

रातो मच्छिन्द्रनाथको रथ : ललितपुरमा विशेष सुरक्षा

ललितपुर,  २१ भदौ-स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।...

नोवेल साकोसद्वारा स्रष्टा सम्मान

विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा सम्मान तथा काव्यगोष्ठी सम्पन्न गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा साकोसले कवि जमुना पौडेललाई सम्मान गरेको छ । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रेस युनियन कोशी...

प्रदेश १ मा परिक्षणको दायरा बढ्यो, एकै दिन १९ सयको कोरोना परीक्षण

विराटनगर, साउन २८–प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । बुधबार मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार...

हिमपहिरोमा बेपत्ता २ कोरियनको शव फेला

पोखरा, १४ वैशाख-अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा हराएकामध्ये थप २ जनाको शव फेला परेको छ । गत ३ माघ अन्नपूर्ण पदमार्गको हिँकु खोँचमा आएको हिमपहिरोमा हराएकामध्ये २ जना कोरियाली नागरिकको शव फेला परेको कास्की प्रहरी प्रमुख...

लायन्स क्लब अफ ग्रिनसिटीको अध्यक्षमा भबेस

विराटनगर । लायन्स क्लब अफ ग्रिनसिटीको अध्यक्षमा श्याम लाल पौडेल (भवेस) चयन भएका छन् । पौडेल वर्ष २०२४–०२५ को लागि अध्यक्षमा चयन भएका हुन् ।यसैगरी क्लबका प्रथम उपाध्यक्ष शर्वण कान्त दाहाल, द्धितीय उपाधयक्षमा पंकज कर्ण,...

निजी विद्यालयमाथि विभेद भयो : नेसनल प्याब्सन

काठमाडौं, १६ जेठ-राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले निजी विद्यालयलाई विभेद गरेको बताएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी विद्यालयलाई उपेक्षा गरेकाे नेसनल प्याब्सनको ठहर छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्