सहमति र सहकार्यबाट संविधान कार्यान्वयन अघि बढाइनेछ : प्रधानमन्त्री देउवा

 न्यूज विराट
सहमति र सहकार्यबाट संविधान कार्यान्वयन अघि बढाइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति र सहकार्यबाट संविधानको कार्यान्वयनलाई अघि बढाउने बताएका छन् । संविधान तथा राष्ट्रिय दिवस २०७८ विशेष समारोहलाई टुँडिखेलमा सम्बोधन गर्दै देउवाले संविधानको सफल कार्यान्वयन गर्दै विकास समृद्धि कायम गर्नु प्रमुख लक्ष्य रहेको बताए ।

‘दिगो शान्ति कायम गरी संविधानको पूर्ण पालना गर्नु कर्तव्य हो । नागरिकको जिउधन रक्षा सरकारको मुख्य लक्ष्य हो,’ उनले भने । देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउने लक्ष्य सरकारले लिएको पनि जानकारी गराए ।

राजनीतिक परिवर्तनप्रतिको नेपाली जनातको चाहना यस संविधानबाट सम्बोधन भएको उल्लेख गर्दै देउवाले संविधानको रक्षा एवं कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

‘यसको सफल कार्यान्वयनबाट आर्थिक र सामाजिक रुपान्तरण गरी समृद्धितर्फ अघि बढ्न सबैले संकल्प गरौं । नेपाल सरकार प्रतिबद्ध छ,’ उनले भने ।

संविधानको कार्यान्वयनका लागि आवश्यक कानुन परिमार्जन गर्दै जाने उल्लेख गर्दै देउवाले सहमति सहकार्यबाट अघि बढ्ने र न्याय समानतासहहित सबल नेपालको निर्माण गरिने बताए । नागरिकका इच्छा आकांक्षा सम्बोधन गर्दै सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

‘भौगलिक अखण्डता, स्वाधिनता, सुशासनमा सरकार प्रतिबद्ध छ । व्यवहारमा उतार्न अधिकतम प्रयास गरिनेछ,’ उनले भने । प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र गतिशील बनाउन सातौ संविधान दिवसले शक्ति र प्रेरणा देओस् भनि प्रार्थना गरे ।

सम्बन्धित समाचार

देवानगञ्ज गाउँपालिकामा स्यालको आतंक

सुनसरी, १२ असोज । सुनसरीको देवानगंज गाउँपालिकामा स्यालको आतंक बढेको छ । पछिल्लो समय स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घर पालुवा जनावर घाइते भएका छन् । पालिकाका विभिन्न स्थानमा एकासी स्यालले खेतमा काम गरिरहेका किसान,...

भारत-चीन सैनिकबीच लद्दाखमा भएको झडपबारे बोल्यो नेपाल

काठमाडौं, ६ असार-भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्नका लागि दुवै देशलाई आग्रह गरेको छ । लद्दाखको गलवान घाटीमा भएको भारत-चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा भएको २० भारतीय सैनिकको मृत्यु भएको थियो ।...

नेपालमा कोरोनामुक्त हुने दर ८१ प्रतिशत

काठमाडौं, २२ कात्तिक-नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार १ सय १४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २ सय...

सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

काठमाडौं, १३ जेठ-प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ। इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र...

डब्लुएचओले भन्यो : विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो बन्यो

वासिङ्टन, ८ जेठ-विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'सामान्यीकरण' को सङ्केतका रूपमा वार्षिक जी७ शिखर सम्मेलनका लागि नेताहरूको बैठक गर्न प्रस्ताव राखेका छन् ।...

संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह

काठमाडौं, ८ भदौ-नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को...

चर्चित कलाकारले तताए एक्स्पो, आज गायिका आस्था र रचनाको प्रस्तुती

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा दैनिक जसो चर्चित कलाकारहरुको प्रस्तुतीले सहभागिहरुलाई मनोञ्जन प्रदान गर्दै आएको छ । मोरङ व्यापार संघको आयोजनामा विराटनगर – २ शंकरपुरमा जारी एक्स्पोमा अहिले दैनिक जसो चर्चित...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्