विराटनगरमा मोटर साइकलको ठक्करबाट एक जनाको मृत्यु

 न्यूज विराट
विराटनगरमा मोटर साइकलको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर, २ असोज । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–११ का ६० वर्षीय रामलखन साह रहेका छन् ।

शुक्रबार राति विराटनगरस्थित बि एफएम नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ९१० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साह गम्भिर घाइते भएका थिए ।

तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका साहको टाउको र शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको थियो ।

उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार रातिनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनापछि फरार बनेका मोटरसाइकल चालकको खोजि कार्य जारी छ ।

सम्बन्धित समाचार

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार, तीन वर्षमा २४८ जनाको शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसील भएका विरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा....

कोभिड–१९ : प्रदेश २ मा १ सय ५९ को परीक्षण, ४६ जनाको रिपोर्ट आउँदै

प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १ सय ५९ मध्ये १ सय १३ को नतिजा नेगेटिभ आएको छ ।कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

विराटनगर, १३ मंसिर–प्रदेश १ मा शनिबार १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा छ, धनकुटामा चार, उदयपुरमा दुई, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र...

झी : पुचमा सामूहिक बेलविवाह

विराटनगर । विराटनगरस्थित झी : पुचमा नेवारी समुदायमा कन्याहरूको सामुहिक बेलविवाह गरिएको छ ।५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ । मंगलबार झी...

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिप्रति कर्मचारी संगठनको विरोध

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केही दिन अगाडि दिएको अभिव्यक्तिप्रति नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले विरोध गरेको छ । मुख्यमन्त्री कार्कीले मोरङको सुन्दरहरैंचामा रहेको एक विद्यालयमा आयोजित कार्यक्रममा फष्ट बेञ्चरहरु खरदार...

सूचनाको अधिकार कुण्ठित हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, २२ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित नहुने बताएका छन् ।राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको...

अंग्रेजी भाषा मात्र सवैथोक होइनः मन्त्री घिमिरे

विराटनगर, ३ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्धारा सोमबार...

विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ भव्यरुपमा सम्पन्न

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ भव्यरुपमा सम्पन्न भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्