नक्कली नोटसहित दुई भारतीय पक्राउ

 न्यूज विराट
नक्कली नोटसहित दुई भारतीय पक्राउ

महोत्तरी, २ असोज । महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरूको साथबाट रु एक हजारका २२ थान, रु पाँच सयका तीन थान, रु सयका २७ थान, रु ५० का छ थान,  रु २० का आठ थान, रु १० का ११ थान, रु ५ का छ थान र भारु १०० का तीन थान नोट बरामद गरेको थियो  ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

सम्बन्धित समाचार

नेपा : सहकारीको रजत जयन्तीमा निःशुल्क आँखा शिविर, ७७ जनाले गराए परीक्षण

विराटनगर । नेपा : बहुउद्देश्य सहकारी संस्थाले निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ । सहकारीको रजत वार्षिकोत्सवको अवसर पारेर विराटनगर १० स्थित झी पुचः भवनमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको हो । दिव्यज्योति...

ग्रेडेडद्वारा एसईई दिएका विद्यार्थीहरूको विदाई

विराटनगर । विराटनगर ८ मा अवस्थित ग्रेडेड स्कुलले २०८१ को एसईईमा सहभागी भएका कुल ४७ विद्यार्थीहरूको विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गर्दै विदाई गरेको छ। कक्षा ९ द्वारा कक्षा १० का विद्यार्थीहरूलाई विदाई कार्यक्रम गरिएको...

बस टर्मिनलमा भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ । महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको...

बलात्कारका घटना मिलापत्र गराए ३ वर्ष कैद

काठमाडौं, ७ मंसिर-बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई कारबाही गर्न कानुनी बाटो खुला भएको छ । आज बसेको मन्त्रिपरिषदले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्दै अध्यादेश पारित गरेको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि...

एसबीएससी मोरङको अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को अध्यक्षमा नगेन्द्र प्रसाद (बिवेक) ढकाल निर्वाचित भएका छन् ।विराटनगरमा आइतबार साझ भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा...

थप ९ सय ८० जनामा कोरोना पुष्टि, नाै जनाकाे मृत्यु

काठमाडाैं, २१ भदौ-पछिल्लाे २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणअनुसार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरस (काेभिड-१९) को संक्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घन्टामा थपिएका...

प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु हुँदै

विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो । कृषि, पर्यटन र निर्माण...

मगही भाषालाई मातृ भाषा उल्लेख गर्न विराटनगरका सरोकारवालाहरुको माग

विराटनगर, १० असोज । यस वर्षको राष्ट्रिय जनगणनामा मगही भाषालाई प्रत्येक मगही भाषीहरुले मातृभाषाको रुपमा लेखाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । भाषा संस्कृति प्रतिष्ठान, मोरङद्वारा “राष्ट्रिय जनगणना २०७८ मा मगही भाषा अभिलेखिकरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्