प्रचण्ड र प्रचण्डपथ अव बिलाएर जान्छ : ओली

 न्यूज विराट
प्रचण्ड र प्रचण्डपथ अव बिलाएर जान्छ : ओली

काठमाडौं, भदौ ३१ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड अव बिलाएर जाने ठोकुवा गर्नुभएको छ । एमाले काठमाडौंले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गर्नुभएको हो ।

‘प्लेन उडदा ठूलो हुन्छ, उडदै जाँदा सानो सोनो हुँदै दृष्यबाटै हराएर जान्छ, अव प्रचण्ड र प्रचण्डपथको हालत पनि त्यही हो, त्यसैगरी बिलाएर जान्छ, ओलीले भन्नुभयो, प्रचण्डले यो कुरा थाह पाइसकेछन । अव उहाँ खिँईंदै खिँईंदै बिलाएरै जाने हो,’ ओलीले भन्नुभयो । अध्यक्ष ओलीले एमाले अहिले पनि मुल धार रहेको र एकीकृत नै रहेको बताउनु भयो ।

‘प्रचण्ड र माधव नेपाल मात्र आफ्नो स्वार्थका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गएको, एमाले भने एकीकृत नै रहेको बताउनु भयो । माधव नेपालसँग दुई चारजना गए होलान, पुराना मान्छे, नयाँ मान्छे कति हो कति एमालेमा थपिनुभयो । पुरानै नेताको कुरा गर्ने हो भने माओवादी केन्द्रका नेता हामीसँगै हुनुहुन्छ । प्रचण्डसँग देखाउने मान्छे एक दुई जना रहेछन । बाँकी कोही देखिएनन, ओलीले भन्नुभयो ।

सम्बन्धित समाचार

शिक्षादीप कलेजले मनायो विज्ञान दिवस, उत्कृष्ट विद्यार्थीले पाए पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एघारौँ विज्ञान दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा आइतबार भव्य कार्यक्रम आयोजना गरी विज्ञान दिवस मनाएको हो ।दिवसको अवसर पारेर विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत...

सीसीएमसी खारेज गर्दै सरकारले गठन गर्‍यो प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति

काठमाडौं, ७ जेठ । सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई खारेज गर्दै प्रधानमन्त्रीको नेतृत्वमा कोभिड-१९ निर्देशक समिति गठन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको...

तोकियो पानीको मूल्य, १ बोतलको १६ रुपैयाँ

काठमाडौं, २६ साउन-व्यापारीले अब १ बोतल पानी बेच्दा १६ रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ बोतल पानीको अधिकतम मूल्य १६ रुपैयाँ तोकेको छ । बोतलको पानीमा प्रतिकार्टुन...

विराटनगरमा आदिवासी जनजातीहरुको मौलिक नृत्य (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको...

पूर्व विद्यार्थीले जनता स्कुलमा ई–लाइबेरी बनाइदिने

विराटनगर । विराटनगर २ मा रहेको जनता नमुना माविमा पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका र ई–लाइबेरी बनाइदिने भएको छ । विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने...

आईपीएल : दिल्लीलाई पहिलो पटक फाइनल पुग्ने मौका

एजेन्सी, २० कात्तिक-यूएईमा जारी १३ औँ सिजनको आईपीएलको पहिलो क्वालिफायरमा आज गत सिजन विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । दिल्ली र मुम्बईबीचको खेल नेपाली समयअनुसार आज साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ...

‘लकडाउन’मा अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

काठमाडौं, २६ चैत-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौंको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय...

सरकारद्वारा विज्ञापन बोर्ड गठन, पाँच सदस्य नियुक्त

काठमाडौं, १५ मंसिर-नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्