
विराटनगरमा एक महिलाको शव भेटियो
विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५– ४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय...
काठमाडौं, भदौ ३० । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ । तर, संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । यसले गर्दा आजदेखि चालू आर्थिक वर्षका लागि विनियोजित बजेट निष्क्रिय हुने भएको छ । यो अवस्थामा सरकारले राजस्व मात्र उठाउन सक्छ तर खर्च गर्न भने पाउने छैन ।
‘बजेट होलिडे’ भए राजस्व उठाउन पाइए पनि खर्च गर्न पाइँदैन ।तत्काल खर्च गर्न नपाउने व्यवस्थाकै कारण अब सरकारलाई कोभिड–१९ को उपचारमा भइरहेका प्रयासमा पनि बाधा पर्न सक्नेछ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा गएको १५ जेठमा संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश विधेयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याउनु भएको थियो । त्यसपछि गएको २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पुनः वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत गएको २५ गते १६ खर्ब ३२ अर्बको संशोधित नयाँ बजेट ल्याउनु भएको थियो । त्यसअघि गएको साउन ३ गते अध्यादेश बजेट प्रतिनिधिसभामा टेबल भएको थियो ।
मंगलवारको बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयकलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । यो प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधियोजन विधेयक–२०७८ लाई निर्णयार्थ पेस गर्नु भएको थियो । सभामुख सापकोटाले निर्णयार्थ पेस गरेको विधेयक प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बहुमतले स्वीकृत भए पनि बजेट भने पास हुन सकेन् । जसका कारण अब सरकारले राजस्व मात्र उठाउन सक्छ तर खर्च गर्न भने पाउनेछैन ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५/७ दिन सरकारी खर्च रोकिन सक्ने बताउनुभएको छ । बजेट होलिडेको स्थिति आउनुलाई सरकारको कमजोरीका रुपमा समेत हेरिएको छ । संसदमा विरोध भइरहेका बेलामा समाधान खोज्नु पर्नेमा त्यसो हुन नसकेको विश्लेषक बताउँछन् ।
विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५– ४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय...
विराटनगर, ८ साउन । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण...
काठमाडौं, १४ असार । सरकारले कोरोना भाइरस विरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्रअनुसार खोप वितरण भइरहेकोले शुल्क...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा रहेको बताएका छन् ।नेपाली कांग्रेस तरुण विभाग मोरङले बुधबार विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्य गर्न आफूले देश...
काठमाडौं, ३१ जेठ-संशोधन विधेयक संविधानको अंग बनोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको...
कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न...
विराटनगर । विराटनगर – ५ का २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजानिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमिल्सिना र...
विराटनगर । तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा इलामले सिरहालाई ४...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.