प्रदेश १ मा २३७ जनामा कोरोना संक्रमण

 न्यूज विराट
प्रदेश १ मा २३७ जनामा कोरोना संक्रमण

विराटनगर, २७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथरमा २, धनकुटा, भोजपुर, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २६, बेलबारीमा ४, उर्लाबारीमा २, ग्रामथान र पथरीशनिश्चरे १–१, झापाको विर्तामोडमा ११, अर्जुनधारामा १०, मेचीनगर र कनकाईमा ९–९, दमकमा ८, शिवसताक्षीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ३–३, गौरादह, बाहृदशी र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा २७, बराहक्षेत्रमा २, बर्जु, रामधुनी र गढीमा १–१, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको हिलिहाङ र फिदिममा १–१, धनकुटाको चौवीसे, भोजपुरको आमचोक, उदयपुरको बेलका, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६१ महिला र १४३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

दुई तिहाइको बेलुन फुटिसक्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको दुई तिहाइको बेलुन फुटिसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सच्चिने छाँट नदेखाएको बताए ।अहिलेसम्म राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसकेको...

आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ भदौ-आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसाे प्रदेश- १,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा...

महामारीका समय ‘जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

एजेन्सी, ११ पुस । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपचका समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि...

एमसीसी टेबलप्रति सत्ता पक्षकै आपत्ति : झलनाथ पनि विरोधमा उभिए

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएकोप्रति सत्ता गठबन्धनमै आवद्ध दलले विरोध गरेका छन् । बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका थिए । उनले कार्यसूचीमा एमसीसी उल्लेख...

नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् । उनका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार ४ छ ।

काठमाडौं, २६ माघ । नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ६९...

गगन थापालाई कोरोना संक्रमण

काठमाडौं, १७ असोज-प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको उनले जानकारी गराए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र...

मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा...

विराटनगरको रानी र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्