चार प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

 न्यूज विराट
चार प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

देशका अधिकांश भूभागमा सोमबार सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ ।

राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान पनि देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित समाचार

एमाले महाधिवेशन : मञ्च अत्याधुनिक प्रविधियुक्त, महाधिवेशन स्थल ड्रोनले निगरानी

काठमाडौं, ६ मंसिर ।  नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल...

प्रदेश १ मा आत्महत्या विरुद्धको विशेष अभियान सुरु (फोटो फिचर)

विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं .प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा...

प्रदेश १ मा कोरोनाबाट ९ जनाको मृत्यु, १६ सय संक्रमित

विराटनगर, २८ साउन–प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

धेरै कोरोना संक्रमण भएका देशको सूचीमा भारत १५औँ स्थानमा

एजेन्सी, बैशाख १७-कोरोना भाइरस (कोभिड-१९) संक्रमण धेरै फैलिने देशहरूमध्ये छिमेकी राष्ट्र भारत १५औँ स्थानमा पुगेको छ । विश्वभर ३१ लाख ३९ हजार ४ सय ७१ जनामा कोरोनाको संक्रमण देखिएकोमा भारतमा ३१ हजारभन्दा बढीमा संक्रमणकाे पुष्टि...

५ उद्देश्यलाई केन्द्रित गरेर मौद्रिक नीति ल्याऊ : काङ्ग्रेस

काठमाडौं, १ साउन-प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले ५ उद्देश्यलाई केन्द्रित गरेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक रहेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आर्थिक पुनरुत्थानलगायतका उद्देश्य पूर्ति...

मोरङमा नेपाल प्रहरी तस्करीको सामान उम्काउने, सशस्त्र प्रहरी समाउने

विराटनगर । नेपाल भारत – सीमा क्षेत्र विराटनगरको दक्षिण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका लत्ता कपडा र खाद्यान्यको सामान सशस्त्रले अहिले दैनिक जसो बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी कोशी प्रदेश पकली सुनसरीका सादा...

आइतबारदेखि मिल्स गोल्डकप, उद्घाटनमा फ्युजन र प्रोगेसिल युवा क्लब भिड्दै

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको ऐतिहासिक जुट मिल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल...

सौन्दर्यकर्मी यूनियनद्वारा भारती कामतलाई छात्रवृत्ति प्रदान

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटिले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।विराटनगर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्