नागरिकता विधेयक पारित गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

 न्यूज विराट
नागरिकता विधेयक पारित गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर, १३ भदौ । संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पिडित संघर्ष समिति मोरङले विराटनगरमा प्रर्दशन गरेको छ ।

आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडि प्रर्दशन गरेको हो ।

युवाहरुले नागरिकता विद्येयक पारित गर, हाम्रो पहिचान कायम गर र हामीलाई नागरिकता खोई त सरकार ? लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरेका थिए ।

उमेर पुगेका नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र दिनुपर्ने उनीहरुले माग गरेका छन् । नेपालको संविधानमा नागरिकता सम्बन्धी व्यवस्था गरिएको भएपनि विभिन्न राजनितिक कारण देखाउँदै नागरिकता विधेयकलाई अलपत्र पार्न खोजिएको उनीहरुले आरोप लगाएका छन् ।
नागरिकता विधेयक राजनितिक दलहरुका लागि चुनावी एजेण्डा मात्र बन्दै आएको उनीहरुले गुनासो गरेका छन् । नागरिकताको अभावमा अहिले पनि नेपालका एक तिहाई युवा जनशक्तिको भबिष्य अन्यौलमा रहेको संघर्ष समितिले जनाएको छ ।

नागरिकताको अभावमा अधिकांश युवाहरु उच्च शिक्षा र रोजगारीबाट समेत बन्चित हुँदै गएको नागरिकता पिडित संघर्ष समितिका मोरङ जिल्ला अध्यक्ष अजय पौद्दारले बताए ।

सम्बन्धित समाचार

विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त...

नेपाल क्रिकेट सङ्घ (क्यान) को समिति विस्तार

काठमाडौं, १६ असार-नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना ४ समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद...

प्रदेश १ः भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने पहिलो मन्त्रीपरिषदको निर्णय

विराटनगर, १६ कात्तिक । प्रदेश १ सरकारले निवर्तमान मुख्यमन्त्री भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने भएको छ । राजेन्द्र राई मुख्यमन्त्री बनेपछि पहिलोपटक बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आचार्यका पालमा भएका...

विश्व बाताबरण दिबसमा बुद्धोदय सहकारीद्धारा वृक्षारोपण

विराटनगर । विश्व बाताबरण दिबसको अबसरमा बुद्धोदय बचत तथा ऋण सहकार संस्था लि. लिे वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । विराटनगर ३ मा रहेको सहकारीले बुधबार वृक्षारोपण गरेको हो । सहकारीले अन्य विभिन्न संघसंस्थाको आयोजनामा...

चाँदीको गरगहनासहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । दुई किलो बढी चाँदीको गरगहनासहित प्रहरीले एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मोरङ रंगेली नगरपालिका ७ कालि मन्दिर चोकमा भारत जिल्ला अरेरिया आमगाछी पंन्चायत वडा नं १३ बस्ने बर्ष २२ का...

म्यान्मारमा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ६२ पुग्यो

एजेन्सी, असार १९-म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १ सय ६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य...

सप्तरीका सङ्क्रमितमा पनि लक्षण देखिन थाल्यो

सप्तरी, १२ साउन-सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरू हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा...

‘चाँदीको घेरा, नेकपा बैठक’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटले पार्टीभित्र संकट मडारिए पनि आशाको किरण बाँकी नै रहेको संकेत गरेका छन् । पछिल्लो समय ट्विटरमा निकै सक्रिय देखिएका पूर्वसंचारमन्त्रीसमेत रहेका बाँस्कोटाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्