दलित समुदायका मुद्धामा प्रदेश सरकार संवेदनशिलः मन्त्री राई

 न्यूज विराट
दलित समुदायका मुद्धामा प्रदेश सरकार संवेदनशिलः मन्त्री राई

विराटनगर, ९ भदौ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले दलित समुदायको सवालमा प्रदेश सरकार संवेदनशिल बनेको बताएकी छिन् ।

बुधबार राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं. १ को टोलीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले दलित समुदायका समस्या समाधानका लागि प्रदेश सरकार सजग र संवेदनशिल रहेको बताएकी हुन् ।

उनले प्रदेश नं. १ लाई छुवाछुतमुक्त बनाउन र सबै जातजातीबीचको सम्बन्ध सुमधुर बनाउन प्रदेश सरकार सदैव क्रियाशिल रहने बताइन् । मन्त्री राईले सरकारले दलितका समुदायको हक अधिकारका लागि छुट्टै ऐन बनाउने र त्यसका लागि नीति तथा कार्यक्रममा समेत समावेश गरेको जानकारी दिइन् ।

मन्त्री राईले उत्पीडनमा पारिएका समुदायलाई अधिकार र न्याय चाहिएकाले सबैले साथ दिनुपर्नेमा समेत जोड दिइन् ।

संघले हालै सर्वाेच्च अदालतले आरक्षणलाई जातको आधारमा नदिनेगरी फैसला गरेपछि सो आदेशविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । सोही क्रममा संघले सामाजिक विकासमन्त्री राईसँग अन्तरक्रिया गरेको थियो ।

सो अन्तरक्रियामा संघका बरिष्ठ उपाध्यक्ष गोपाल बराइली, प्रदेश अध्यक्ष नैन विश्वकर्मा, कोषाध्यक्ष पदम सरदार, संघका मोरङ अध्यक्ष किशोर विश्वकर्मा लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट आज ११ अन्तर्राष्ट्रिय उडान

काठमाडौं, २० असार-विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको...

अखिल क्रान्तिकारीले आगजनी घटनाको जनायो विरोध

विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरेको निर्वाचन कार्यालयमा भएको आगजनीको घटनाप्रति कडा विरोध जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका प्रतिनिधिहरूले यस घटनालाई गैरकानुनी र...

विराटनगरमा ४ सहित प्रदेश १ मा १० जनामा कोरोना संक्रमण

विराटनगर, १५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

काठमाडौं, पुस २९–त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले आगामी १४ फागुनमा हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आंगिक क्याम्पसलाई...

झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु, दुई जना घाइते

झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते भएका दमक- ९का ५५ वर्षीय मंगल चौधरीको उपचारका क्रममा...

कोरोना राहत कोषमा कुन्दनले सहयोग गरे विवाह खर्चवापतको रकम

काठमाडौं, १५ वैशाख-नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्चबापतको रकम ‘कोभिड-१९ प्रधानमन्त्री राहत कोष’मा जम्मा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड- १९ प्रधानमन्त्री राहत कोष’मा...

मुलुकको अर्थतन्त्रमा सुधार हुन थाल्यो : अर्थमन्त्री पौडेल

विराटनगर । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् । विराट एक्स्पोको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले राजनितिलाई...

ममाथि षड्यन्त्र भयो :पूर्वआइजीपी खनाल

काठमाडाैं, ११ वैशाख-पूर्वआइजीपी सर्वेन्द्र खनालले डा. सुरेन्द्र यादव प्रकरणमा आफूमाथि आधारहीन आरोप लगाइएको बताएका छन् । लकडाउनका कारण अप्ठ्यारोमा परेका मजदुरको उद्धारमा खटिएका बेला डा. यादवकै आग्रहअनुसार जनकपुरबाट काठमाडौं आएको उनले बताएका छन् । सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्