बालकोटमा जुट्यो सहमति : माधव छाडेका नेता एमालेमै रहने, भोलि स्थायी कमिटी बैठक

 न्यूज विराट
बालकोटमा जुट्यो सहमति : माधव छाडेका नेता एमालेमै रहने, भोलि स्थायी कमिटी बैठक

काठमाडौं, ७ भदौ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपा एमालेले केन्द्रदेखि टोलसम्मका सबै पुराना कमिटी बिउँताउने भएको छ ।

माधव नेपालको साथ छाडेर मध्यमार्गी भूमिकामा बसेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा आज सोमवार भएको छलफलमा पार्टी एकता कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।आजको सहमतिअनुसार एमालेका केन्द्रदेखि टोलसम्मका सबै कमिटी २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्कनेछन् । यस्तै नवौँ महाधिवेशनपछि नेताले जे जिम्मेवारी पाएका थिए ती सबै जिम्मेवारी पनि पुनः क्रियाशील हुने नेता भट्टराईले बताउनुभयो ।

१० बुँदे सहमति कार्यान्वयनको थप मोडालिटी तय गर्न भोलि मङ्गलवार नै स्थायी कमिटीको बैठक बस्ने र केही दिनमै केन्द्रीय कमिटीको बैठक पनि बस्ने नेता भट्टराईले बताउनुभयो ।आजको छलफलमा अध्यक्ष ओलीले आफूले पार्टीका सबै नेतालाई समान व्यवहार गर्ने, पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार रहेको र नेताहरूलाई पुरानै जिम्मेवारी दिन तयार रहेको बताउनुभएको थियो ।

एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको बताउनुभयो । उहाँले अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरूपमा पार्टी एक ठाउँमा उभिने बताउनुभयो ।

सम्बन्धित समाचार

बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको छ । शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर सोमबार स्कुल परिसरमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको हो ।...

नेपाल स्काउटको स्थापना दिवसमा पदक वितरण

विराटनगर । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयले एक समारोहका बिच पदक वितरण गरि मनाइएको छ । विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश...

यौन दुर्व्यवहारको आरोपमा गैसस महासंघ मोरङ अध्यक्ष राजेन्द्र ढकाल पक्राउ

विराटनगर, १५ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई मोरङ प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब आफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १२ स्थित बखरी आधारभूत विद्यालयमा विराट नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । चार जना चिकित्सक र...

कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही...

रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन घाइते

रौतहट, २६ असोज । रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन भन्दा बढी व्यक्ती घाइते भएका छन् । घाइते हुनेमा जग्गा धनी सन्दीप झा ,रौशन झा ,राजन झा रहेका छन् भने निजि जग्गामा रोड...

अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ जनाको मृत्यु

एजेन्सी, साउन ५-अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी २ दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ । सोमबार सो कारबाही भएको त्यहाँका...

काठमाडौंमा रोकिएका बेलायती लिन विमान आउँदै

काठमाडौं, ५ वैशाख-लकडाउनका कारण रोकिएका नेपालमा राेकिएका बेलायती नागरिक लिन टिटान एयरको विमान आज काठमाडौं आउँदै छ । बेलायती राजदूतावासले विमान चार्टर गरेर राेकिएका नागरिक पठाउन लागेको हो । टिटान एयरको जहाज दुबईबाट काठमाडौं आउन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्