काठमाडौं, ७ साउन । जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ ।
जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा एस्ट्राजेनेका खोप दिएको हो । जापानले दिने तय भएको १६ लाख १४ हजार ७४० लाख डोज खोपको अन्तिम लट सोमबार आइपुगेको हो । यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते दुई लाख आठ हजार ७ सय मात्रा आएसँगै सबै खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भारतबाट खरिद गरिएको खोप नआएको अवस्थामा जापानबाट आएको खोपको उपयोग गत फागुनमा पहिलो डोज लगाएकामा गरिने तयारी रहेको छ । बाँकी रहेको खोप भने प्रदेश १ र २ मा वितरण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।