सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
झा माधव नेपालनिकट नेता हुन् । सप्तरीका झा एमाले समाजवादीका नेता पनि हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीमा गुरु भट्टराईलाई नियुक्त गरेको थियो ।
सरकार परिवर्तनपछि भट्टराईलाई स्पष्टीकरण सोधिएकामा उनले त्यसको जवाफ नदिइ राजीनामा दिएका थिए । बिहीबार बसेको मन्त्रिपरिषद्ले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालनिकट यादव शर्मालाई नियुक्त गरेको थियो ।
सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेको माधव नेपाल पक्षले बिहीबार एकै दिन दुई महत्वपूर्ण नियुक्ति पाएका हुन् । झा माधव नेपाल पक्षको युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।