बेलबारीमा दुई हप्तापछि खुल्यो निषेधाज्ञा

 न्यूज विराट
बेलबारीमा दुई हप्तापछि खुल्यो निषेधाज्ञा

विराटनगर, १ भदौ । मोरङको बेलबारीमा दुई हप्तादेखि जारी गरिएको निषेधाज्ञा हटाइएको छ ।

कोरोना सङ्क्रमण केही नियन्त्रणमा आएको भन्दै साउन ३१ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समितिको बैठकले २ सातादेखि जारी निषेधाज्ञा हटाउने निर्णय गरेको थियो ।

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहद्वारा हस्ताक्षरित सूचनामा भदौ १ गते देखि बेलबारीमा सबै प्रकारका व्यवसायहरू सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने बताइएको छ । ती व्यवसायहरू बिहान ५ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् तर डेरी लगायत दुग्धजन्य पदार्थहरूका पसल भने बेलुका ८ बजेसम्म खोल्न पाइने सूचनामा भनिएको छ ।

निषेधाज्ञा हटाइए पनि बजार, सेमिनार, सभा सम्मेलन, पार्टी, भोजभतेर तथा विवाह आदि भिडभाड हुने कार्यक्रम भने गर्न नपाइने नगरपालिकाले जनाएको छ ।

बेलबारीमा अहिले १ हजार ४ सय बढी कोरोना सङ्क्रमितहरू रहेका छन् । सङ्क्रमणबाट हालसम्ममा ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार

संक्रमितको संख्या २५८ पुग्यो आज थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, जेठ २-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा मकवानपुर निवासी ३७...

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका...

काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोज्यो : प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोजेका आरोप लगाएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग बिहीबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बन्नु भन्दा...

विराटनगरमा तास खेल्दै गरेको अवस्थामा आधादर्जन व्यक्ति पक्राउ

विराटनगर, १ फागुन । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २३ वर्षीय सुबोध यादब, सोही ठाउँका २२ वर्षीय प्रकाश यादव, २८ वर्षीय मुकेश यादव, ३८...

सामूहिक बलात्कार प्रकरण : करातेका प्रशिक्षक राउत र सुवेदीको कसुर ठहर

विराटनगर । सामुहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर...

प्रदेश १ मा १०३ डिस्चार्ज, २८ संक्रमित थपिए

विराटनगर, २१ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ८४२ पुगेको छ । प्रदेश १ मा आज...

घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...

ग्रामथानमा सुशासन कायम गर्न अध्यक्षले दुई स्वास्थ्यकर्मीलाई सोधे स्पष्टीकरण

विराटनगर । जनगुनासो आएपछि बनिगामा स्वास्थ्यचौकीको अनुगमनमा गएका मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुई स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेका छन्।अध्यक्ष माझीले अनुगमनका क्रममा अहेव नगेन्द्र चौधरी बिना जानकारी अनुपस्थित रहेको फेला पारे। साथै, सोही दिन त्यहाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्