आज नाग पञ्चमी पर्व मनाइँदै

 न्यूज विराट
आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ। आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

सम्बन्धित समाचार

विराटनगरमा सुरू भयो तेस्रो नेवा : महोत्सव (फोटो फिचर)

विराटनगर । विराटनगरमा तेस्रो नेवा : महोत्सव तथा पर्यटन हाट सुरू भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव शुक्रबारबाट सुरू भएको हो...

कोशी प्रदेशको सरकार गठन असंवैधानिक भन्दै एमालेले सर्वोच्चमा हाल्यो रिट

विराटनगर । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले...

मन्त्रालयकै अलमलले अक्सिजन प्लान्टमा ढिलाइ

धनगढी, ३१ वैशाख । अक्सिजन नपाएर बिरामीहरू अस्पताल र होम आइसोलेसनमा छटपटाइरहेका छन् । सुदूरपश्चिमभरि निजी क्षेत्रबाट सञ्चालित धनगढीस्थित एक मात्र ग्यास उद्योगको मेसिनसमेत बेलाबेला बिग्रन थालेपछि संकट झनै चुलिँदो छ । तर आफैं अक्सिजन...

एस्पायर कलेजमा कोरियन सरकारको छात्रवृत्ति

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूले छात्रवृत्ति पाउने भएका छन् । B.Tech. Ed (IT) कार्यक्रममा भर्ना भएका बिद्यार्थीहरुले काठमाडौ विश्व बिधालयको संयोजनमा कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका हुन् । यस कार्यक्रममा...

ह्वात्तै घट्यो आज सुनको मूल्य

बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँ घटेको हो । मंगलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार...

विराटनगरमा २७ सहित प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

जर्मनीमा २ जनाभन्दा बढी भेला हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै घर र कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारेन्टाइन अर्थात्...

प्याब्ससन स्पोर्टस मिट : फुटबलमा सनरे र हरैचा मोडल स्कुल फाइनलमा

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्