आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

 न्यूज विराट
आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना छ । आज राति प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । राति भने गण्डकी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै सोमबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने छ भने प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ । जसका कारण पहिरो तथा गेग्रान बहाव हुने एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

सम्बन्धित समाचार

साहित्यकार हरि कट्टेलको बिलौनै बिलौना लोकार्पण

विराटनगर । साहित्यकार हरि कट्टेलको छन्दोबद्ध लघु काव्य बिलौनै बिलौनाको दोस्रो संस्करण लोकार्पण भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र छन्द बाटिका नेपालद्धारा शनिबार संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त लघु काव्यको लोकार्पण गरिएको...

असई कार्कीले कन्चटमा गाेली हानेर आत्महत्या गरे

काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई)  विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका...

देशभर थप १ हजार १७० जनामा कोरोना पुष्टि

काठमाडौं, २९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

टि–२० क्रिकेट प्रतियोगिता, मोरङ र आयोजक मिल्स क्रिकेट विजय

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी विजय भएको छ ।विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर...

विमानस्थलमा अड्किएका नेपालीलाई लिन दुबई उड्यो निगमको जहाज

काठमाडौं, ७ भदौ-चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए-३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौं...

औषधी व्यवसायीद्धारा सिपिआर तथा क्यान्सर रोग बारे सचेतना कार्यक्रम

विराटनगर । विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सिपिआर तथा क्यान्सर रोग बारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजना गरेको...

पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथ र सहयोग आवश्यक : नाट्ट अध्यक्ष भट्टराई

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्षमा पुण्य प्रसाद भट्टराईले पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथसहयोगको खाँचो रहेको बताएका छन् । झापाको दमकमा सुरु भएको दशौं दमक फुट फेस्टिबलको उद्घाटन...

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, ७ असार-कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नयाँ मृत्यु हुनेमा गुल्मी छत्रकोट गाउपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुष रहेकाच छन् । उनी प्यरालाइसिसको उपचारका लागि भारत गएकोमा गत २५ जेठमा नेपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्