डा.महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

 न्यूज विराट
डा.महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

काठमाडौं, २१ साउन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् ।

विष्टले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त गरिएको थियो ।

३ वर्षे कार्यकाल पूरा गरेका विष्टले सन्चार मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएको जानकारी गराएका थिए । राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उनले बताए ।

पदबाट राजीनामा दिएकोमा देउवाले विष्टलाई धन्यवाद दिए । राजिनामालगत्तै नेपाल टेलिभिजनको कार्यालयमा पुगेर विष्टले कर्मचारीलाई सम्बोधन गर्दै बिदाई लिएका छन् ।

सम्बन्धित समाचार

आजको मौसम : प्रदश–१, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा वर्षा

काठमाडौं, ११ असार । प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश-१ का धनकुटा, इलाम, ताप्लेजुङ र सुनसरीमा पानी परिरहेको मौसमविद् हिरा...

सुनको मूल्य १ लाख ४ सय पुग्यो

काठमाडौं, २ भदौ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन चयन भएकी छन् । २०२१/०२२ का लागि जैन अध्यक्षमा चयन भएकी हुन् । दीप्ती तोदीको कार्यकाल सकिएपछि जैनले रोटरी क्लब अफ विराटनगर...

बजार बन्द गराउन खाेज्दा २ प्रहरी कुटिए

धनुषामा २ प्रहरी कुटिएका छन् । लकडाउन उल्लंघन गरी लगाइएकाे हाटबजार बन्द गराउन गएका प्रहरी कुटिएका हुन् ।धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ...

मदर मैरी स्कुलले मनायो रजत जयन्ती

विराटनगर । विराटनगर – १५ दिपज्योती टोलमा रहेको मदर मैरी ईङलिस स्कुलले रजत जयन्ती मनाएको छ । ।स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनपालथान गाउँपालिका अध्यक्ष...

सेनाको हेलिकोप्टरबाट कालापानी जाँदै आज सशस्त्रको टोली

काठमाडौं, ३१ वैशाख-सशस्त्र प्रहरीको टोली आज दार्चुलाको कालापानी सीमा क्षेत्रमा जाने भएको छ । ५० गुल्म दार्चुलाबाट २५ जना सशस्त्र प्रहरीको टोली नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट सदरमुकाम खलंगाबाट ब्यास गाउपालिका–१, छाङरू हुँदै त्यसतर्फ जान...

उपत्यकाभित्र लकडाउन खुकुलो पार्न चेम्बरको सुझाव

काठमाडौं, १८ वैशाख-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको...

पहिलो घण्टा नेप्सेमा युटर्न : साढे ११ बजे ८० अंकको ह्रास, १२ बज्दा २४ अंकको वृद्धि

कारोबार सुरु भएको पहिलो १५ मिनेटमा २६ अंकले ह्रास आएको मंगलबारको नेप्से कारोबारमा पहिलो ४५ मिनेटमा युटर्नका साथै त्यसपछिको १५ मिनेटमा उच्च अंकको उतारचढाव आएको छ । साढे ११ बजेसम्म अधिकतम ८० अंकले ह्रास आएको नेप्से...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्